Rashtriya Dainik

सुस्ता गाउँपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान तथा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका मनाइयो

आरपि उपाध्याय / नवलपरासी , १९ मंसिर

सुस्ता गाउँपालिका पश्चिम नवलपरासीको आयोजनामा लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान तथा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस एक कार्यक्रमका बिच कुडियामा सम्पन्न भएको छ।

सुस्ता गाउँपालिका उपाध्यक्ष गितादेवी चौधरीको अध्यक्षंआमा कार्यक्रम सम्पन्न भएको हो।


सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले पुर्याएको योगदानको उच्च मुल्यांकन भएको चर्चा गर्दै बस्ती, टोल र गाउँमा स्वास्थ्य स्वयसेविकाहरुले स्वास्थ्य सचेतना दिनुका साथै घरेलुु हिंसा न्यूनीकरणका लागि पनि आफ्नो अभियान जारी राखेको हुनाले ग्रामिण भेगमा लैङ्िगक हिंसामा कमि आएको धारणा राख्नुभयो।

कार्यक्रममा सुस्ता गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले सम्मुनत समाजको निर्माण गर्न समाजमा
रहेको सबै खाले हिंसाको अन्त हुनुपर्ने बताउदै सुस्ता गाउँपालिकामा लैङ्िगक हिंसा आंशिक रुपमा भएपनी कमि भएको जिकिर गर्नुभयो।

सो अवसरमा सुस्ता गाउँपालिका वडा न.१ का अध्यक्ष अशोक चौधरी,वडा न.३ का वडा अध्यक्ष हरिलाल दुषाद,महिला स्वयंसेविका इन्दिरा पङ्गेनी, स्वास्थ्य शाखा प्रमुख निर्मला कुशवहा,बेस नेपालका शालिकराम पोख्रेल लगायतका वक्ताहरूले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्नुभएको थियो।


कार्यक्रममा सुस्ता गाउँपालिका अन्त्तर्गत वडा न.१ देखि ५ सम्मका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उहाँहरुले पुर्याएको कार्यको उच्च मुल्यांकन गर्दै दोसल्ला ओडाइ सम्मान गरिएको कार्यक्रम सन्चालिका महिला तथा बालबालिका प्रमुख सावित्रा घलेले जानकारी दिनुभएको छ।

कार्यक्रममा महिल्ला स्वास्थ्य सेविका सुस्ता गाउँपालिका अन्तर्गत स्वास्थ्य चौकी प्रमुख, सुरक्षाकर्मी र सञ्चारकर्मी को पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित