Rashtriya Dainik

सुर्या आयुर्वेद कारखाना निर्माण गर्ने प्रलोभन देखाइ ठूलो धनराशि ठगी भएको रहस्य खुलासा

आरपि उपाध्याय / नवलपरासी ,१९ मंसिर

पश्चिम नवलपरासी सुस्ता ३ मा सुर्या आयुर्वेद कारखाना निर्माण गर्ने प्रलोभन देखाइ ठूलो धनराशि ठगी भएको रहस्य खुलासा भएको छ।

सुस्ता ३ रेवारेतामा २०७४ सालमा सुर्या आयुर्वेद कारखाना सञ्चालन गर्न काठमाडौ निवासी सुनिता पडितले पश्चिम नवलपरासीको सुस्ता, प्रतापपुर गाउँपालिका का विभिन्न व्यक्तिहरुबाट करिब ३ करोडको ठगी गरेर फरार भएको सुस्ता ३ निवासी फरमुल्ला अन्सारीले जानकारी दिनुभएको छ।
आयुर्वेद कारखाना तयार पार्न भौतिक संरचना निर्माणका लागि विभिन्न प्रलोभन देखाइ आफुहरुलाई ठगी गरेको पिडितहरुले दाबी गरेका छन।

सुस्ता ३ रेवारेतामा मङ्गलबार पिडितहरु, जनप्रतिनिधि,सुरक्षा निकाय र सञ्चारकर्मी हरुको संयुक्त उपस्थितिमा पडित दम्पतीहरुले करोडौंको ठगी गरेकोले न्याय पाउनका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने प्रक्रियामा लागेको जानकारी दिएका छन।

साना ठुला गरि ७ दर्जनभन्दा बढी पिडितहरुले ३५ सदस्यीय संघर्ष समिती तयार पारी जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी,कृषि विकास बैंक बर्दघाट शाखा र सुस्ता गाउँपालिकामा ध्यानाकर्षणका लागी पत्रचार गरि न्यायका लागि अगाडि बढ्ने निर्णय भएको संघर्ष समिती कै सदस्य नारायण ज्ञावालीले बताउनु भएको छ।

यसपुर्व पनि सुनिता पडित दम्पतीहरुले आयुर्वेदिक औषधी उत्पादन गर्ने कारखाना सञ्चालन गर्न रकम उठाउने गरेको तथा पटकपटक ठाउँ परिवर्तन गरि नयाँ ठाउँ खोजी गर्दै हिड्ने गरेको आरोप पनि पिडितहरुले लगाउदै आएको बुझिएको छ।

सुस्ता ३ रेवारेतामा सुर्य आयुर्वेदिक कारखाना सञ्चालन गर्न करिब १ बिगाहा क्षेत्रफलमा २ तल्ले पक्की घर निर्माण गरि कारखाना सञ्चालन गर्ने पडित दम्पती अदृश्य भएको र हालसम्म उनीहरुको केही खबर नभएकोले प्रशासन गुहार्ने र कानुनी कारवाहीको बाटोतर्फ लागेको पिडितहरुको भनाइ रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित