Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई थर्मस प्रदान

राष्ट्रिय दैनिक / नवलपरासी , १९ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस भब्यताका साथ मनाएको छ ।

स्वास्थ्य क्षेत्रमा दिगो बिकास,महिला समुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराको साथ पालिकाले २० औं महिला सामुदायिक स्वयंसेविका दिवस मनाएको हो ।

पालिकाले भब्य कार्यक्रम गरि स्वास्थ्य क्षेत्रमा निशुल्क रूपमा समुदाय स्तरमा उल्लेखनीय काम गर्दै आइरहेको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई जाडोबाट बच्नका लागि एक/एक थान थर्मस प्रदान गरिएको हाे।


पालिका उपाध्यक्ष बासमति हरिजनको अध्यक्षयता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रम बिच महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हाे ।

दिवस कार्यक्रममा बोल्दै पालिका अध्यक्ष चाैधरीले सामाजिक क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका उच्च रहेको बताउँदै उनीहरुले पुर्याएको योग्दानको प्रसंसा गरेर साध्य नरहेको धारणा राख्नु भएको थियो । स्वयंसेविकाले खेलेको भूमिका जति प्रशंसा गरे पनि कम हुने बताउदै नागरिकको स्वास्थ्य सेवामा अहोरात्र खटिएका महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य सुरक्षाका लागि पालिकाबाट निःशुल्क बिमा गरिदिने बताउनुभयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले सामाजिक क्षेत्रको हरेक गतिविधिमा स्थानीय सरकारसँग साझेदारीका रुपमा जोडिने सवै स्वास्थ्य स्वयंसेविकाहरुलाई सामाजिक परिवर्तनमा नि:स्वार्थ खटिन पनि आग्रह गर्नु भयो।

कार्यक्रममा स्वयंसेवीका सीता शर्मा , क्रिपा चाैधरी ,स्वास्थ्यशाखा प्रमुख ओम नारायण देवकोटा , लेखा अधिकृत नारायण पाण्डे लगाएतले गाउँ घरमा हुने स्वास्थ्यसंग सम्बन्धित हरेकका लागि गतिविधिमा अहोरात्र खटिने महिला स्वास्थ्य स्वयमसेविकालाई सबैले कदर गर्नु पर्ने कुरामा जोड दिइएका थिए ।

विभिन्न कार्यक्रम गरि मनाइएको २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाे कार्यक्रम सञ्चालन स्वास्थ्यकर्मी मिरा थापाले गर्नुभएको थियोे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित