उमेश बि.क / नवलपरासी ,१९ मंसिर
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बालमैत्री अभियान तीव्र रूपमा चलिरहेकाे समयमा सरावल ७ मा एक विद्यार्थी शिक्षकबाट निर्घात कुटिएकी छिन् ।
सरावल गाउँपालिका वडा नम्बर ७ बरगदवा स्थित बर्दघाट कालिका इङ्लिस स्कुलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्।

शिक्षक निरन्जन यादवले कक्षा १ मा अध्ययनरत ९ वर्षीय विद्यार्थी कन्चना राजभरलाई साेमवार कक्षा कोठामा कुटपिट गरेका हुन्।
केही दिनदेखि पढ्न नगएको र शिक्षक यादवले साेमवार घरमै गई एकदुई झापड कुट्दै विद्यालयमा ल्याई निर्घात रुपमा कुटेको राजभरले बताइन।
उनका अनुसार सरले लाैराेले शरिरमा थुप्रै पटक कुटपिट गरेका हुन। कुटाइबाट उनको शरिरमा नीलडाम बसेका छन्। शिक्षकले कुटपिट गरेपछि सरावल ७ वडा अध्यक्ष हेयात खाँ धुनिया र अभिभावकसहित स्थानीयवासी मंगलबार विद्यालय पुगि ताला लगाइ दिइएका छन ।

शिक्षक यादवले पहिलैदेखि विभिन्न बहानामा अरु विद्यार्थीलाई समेत कुट्दै आइरहेकाे विद्यार्थीहरुले गुनासो ब्यक्त गरेका छन ।
विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई जिल्ला प्रहरी कार्यालय बाेलाइकाे र विद्यार्थी राजभरकाे पृथ्वीचन्द्र अस्पताल परासी उपचार भइरहेको वडा अध्यक्ष धुनियाले जानकारी दिनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

