नवलपरासी , १८ मंसिर
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले स्थानिय स्वास्थ्य संस्थाबाट पहिलो पटक प्रयोगशाला सेवा सुरु गरेको छ ।
सुनवल नगरपालिकाकाे आयाेजना फेयर मेड फाउन्डेसन नेपाल,इन्द्रेणी समाजिक बिकास मञ्चकाे सहकार्यमा सुनवल नगरपालिका १ मा रहेको शहरी स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सुरु गरिएको छ ।
साेमवारदेखि सुनवल १ मा रहेको शहरी स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सेवा शुभारम्भ गरिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो । समान्य परिक्षणका लागी पनि टाढा धाउनुपर्ने बाध्यताको अन्त्य गर्दे स्थानिय स्वास्थ्य संस्थाबाटै प्रयोगशाला सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

आधारभुत प्रयोगशालामा रगत, दिशापिसाब, खकार जाँच सहित विभिन्न ३२ प्रकारका परिक्षण हुने स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
सोमबार जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव, नगर प्रमुख अर्याल र उपप्रमुख सुर्यप्रसाद दुवेले संयुक्त रुपमा प्रयोगशालाको शुभारम्भ गर्दे यसले नगरको स्वास्थ्य सेवाको अवस्था सुधारमा महत्वपुर्ण टेवा पुर्याएको बताउनुभयो ।

जिसस प्रमुख यादवले नगरपालिकाले न्युनतम शुल्क लिएर प्रयोगशाला सेवा दिनुपर्ने र उक्त शुल्क स्वास्थय संस्थाकै अवस्था सुधारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख अर्यालले नगरभित्रका स्वास्थ्य संस्थामा प्रयोगशाला नहुदा आम नागरिकले समस्या खेपिरहेको समयमा विभिन्न निकायको सहयोगमा प्रयोगशाला सेवा सुरु गर्न सम्भव भएको बताउनुभयो ।

फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी समाजिक बिकास मञ्च,नेकपा एमालेका नगर अध्यक्ष दुर्गा सुवेदिले प्रयोगशाला सेवाको सुरुवात सुखद पक्ष रहेको बताउदै स्वास्थ्य संस्थामा निशुल्क पाईने औषधिको उपलब्धता बढाउनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाको समाजिक विकास समिति संयोजक भगवती बस्यालले नगरपालिकाको स्वास्थ्य क्षेत्र विस्तारै सुधारिदै गएको उल्लेख गर्नुभयो । नगरपालिकाले पालिकाका सबैलाई पायक पर्ने गरी वडा नम्बर १२ मा रहेको स्वास्थ्य संस्थामा पनि प्रयोगशाला सेवा सुरु गर्ने तयारी गरेको प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभएको छ ।

जिल्लामा तुलनात्मक रुपमा सुगम पालिकाको रुपमा चिनिने सुनवल नगरपालिकामा हाल सम्म कुनै पनि स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा थिएन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

