राष्ट्रिय दैनिक / नवलपरासी ,१८ मंसिर
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संस्थापक अध्यक्ष कृष्ण पहाडीले राजनीतिक दलहरूको कारणले लोकतन्त्र धराप परेको बताएका छन् । उनले दल र दलको कारण कार्यकर्ताहरूबाट लोकतन्त्र हत्या भइरहेको बताए ।
साेमवार परासीमा मानव अधिकार तथा शान्ति समाज नवलपरासीद्वारा आयोजित लोकतन्त्र प्राण सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पहाडीले लोकतन्त्रलाई बचाउनको लागि नागरिक मोर्चा बनाउन आजको आवश्यकता रहेको बताए ।

पहाडीले नागरिकहरूले राजनीतिक दलहरू लोकतन्त्रमा लुट तन्त्र मच्चाएको बताए । उनले भने अहिले नागरिकहरू दलका नेताहरूलाई भ्रष्ट तन्त्र रूपमा बुझ्न थालेका भनाई रहेको थियो । देशमा भ्रष्ट र सुशासन कायम भएन भने लोकतन्त्रमा कसैले टिकाउन नसक्ने उनको तर्क थियो । लज्जास्पद अवस्था आएको भन्दै न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका तीन अङ्ग ब्यालेन्स गरेकोले चुनावमा महँगो हुँदा अहिले राजनीतिक दल भ्रष्टाचारमा लिप्त भएको बताए ।
यो देश बिचौलियाले चलाईरहेको छ, प्रचण्ड चलाएको हैन भन्दै पहाडीले अब विकृति औँल्याएर र राजनीतिक दहरको भ्रष्टाचारले गर्दा नागरिकमा निराश छाएको बताए । अहिलेको आन्दोलन दलहरुकोप्रति नागरिकको उदासीनता र भ्रष्टाचारले नागरिकहरू अर्जित भएको । राजनीतिक दलहरू आम नागरिकको दलहरूबाट चाहे अपेक्षा पुरा गर्न असमर्थ भएको पहाडीको भनाई थियो ।

मानव अधिकारकर्मीहरूलाई लोकतन्त्र बचाउनको निम्ति आन्दोलन गर्दा राजनीतिक दलहरुले शासक बनाई आन्दोलन दबाउन खोजेको बताए । उनले भने गत चुनाव रबि लामिछाने सिके राउत जस्ता चुनाव लडेर आएको र राजा ज्ञानेन्द्र लाई पनि चुनाव लडेर आउन भन्दै तर लोकतन्त्रलाई फालेर आउने खोज्ने भन्दै आम नागरिक चुप लागेर नबस्ने जिकिर गरे । संघीयताकोविषयमा नागरिकमा उठाउने थालेका छन् । सघियाता नै भनेको भ्रष्टाचार हुने थालेको रूपमा नागरिकहरू अनुभूति गरिहरेको बताए ।
मानव अधिकार तथा शान्ति समाज नवलपरासीका सभापति गणेश प्रसाद न्यौपाने अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सरोकारवाला राजनीतिक दल नागरिक समाज पत्रकारहरू लगायतले बोलेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

