Rashtriya Dainik

सामाजिक विकास कार्यालय बझाङद्धारा जिल्ला स्तरीय एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न !

दोरेन्द्र खड्का / बझाङ ,१८ मंसिर

सामाजिक विकास कार्यालय बझाङले आर्थिक बर्ष २०७९ /८० को समिक्षा र चालु आर्थिक बर्ष को बार्षिक बजेट तथा कार्यक्रम सम्बन्धि एक दिने जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

गत आर्थिक बर्ष २०७९/८० को समिक्षा तथा चालु आ.ब ८०/ ८१ को बजेट तथा कार्यक्रम बारे जानकारी गराउने , योजना तथा कार्यक्रमको गुणस्तरीयता र प्रभाबकारीताका लागी सम्पर्क समन्वय र सहकार्य गर्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम गरीएको हो ।

कार्यालयबाट भए गरेका काम ,योजनाहरुको वार्षिक वजेट, योजना सम्पन्न भएका विवरण, कुन पालिकामा कती योजना रहेको त्यसको लगानी सबै विषयमा छलफल भएको थियो । आर्थिक बर्ष २०८० ८१ मा जम्मा ७ करोड १ लाख १४ हजार बजेट प्राप्त भएको छ । जसमा पुजीँगत तर्फ ४ करोड ३९ लाख र चालु तर्फ २ करोड ६२ लाख १४ हजार रहेको छ।कार्यक्रममा बोल्दैे प्रमुख जिल्ला अधिकारी बिश्वामित्र कुइकेलले जिल्लामा राजनितीको पाबरले प्रदेशबाट योजना ल्याउने गरेको सुन्दा आफुलाइ अचम्म लागेको भन्दे यस्ता चलखेल तुरुन्तै बन्द गर्नुपर्ने बताउनुभयो । यसले एक तर्फ गुणस्तरीय काम नहुदा शिक्षा देखि बिकास सम्म असर गर्ने अर्को तर्फ यस्ता कार्यहरु कतैबाट अख्तिीयारमा गए भोलि सबैलाइ समस्या आइपर्ने भएकाले सचेत रहन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय पहुँचका भरमा भनसुनका भरमा योजना बजेटहरु पालिकामा जान थालेको प्रती दुख व्यक्त गरका छन् । प्रदेशबाट कमिसनमा योजना आउदा त्यस्ता योजनाहरुको गुणस्तर पनि रामे्रा नदेखिने गरेकाले यस्ता योजनामा पनि स्थानीय सरकारले आफनो जिम्मेवारी हो भनी सम्झेर निगरानी अनुगमन गर्नुपर्ने बताएका छन । यस्तै कार्यालय प्रमुख प्रयाग राज जोशीले भने आफुहरुले गर्नेकार्य सम्पादनमा कहि कतै कमि कमजोरी त्रुटी देखिए जानकारी गराउन अनुरोध गर्नुभयो । नजिकको सरकार स्थानीय तह भएकाले गरेका कामहरुको निगरानी गरी सहयोग सहकार्य गर्न अनुरोध गदै आगामि दिनमा केहि फरक तरीकाले काम गर्ने उहको भनाइ रहेको छ ।

सामाजिक बिकास कार्यालयका प्रमुख प्रयाग राज जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी जिलला समन्वय समितीका प्रमुख नर बहादुर बोहरा रहनुभएको थियो । उक्त कार्यक्रममा बझाङका १२ वटै पालिकाबाट प्रमुखहरु, उपप्रमुख ,कार्यालयका प्रमुख, प्रमुख जिलला अधिकारी बिश्वासमित्र कुइकेल, अपाङगताको क्षेत्रमा काम गर्ने व्यक्ती, सुरक्षा निकायका प्रतिनिधी, सेफ हाउस प्रमुख ,पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममको सञ्चालन सामाजिक बिकास कार्यालयका अभियान्ता गोबिन्द सार्किले गर्नुभएको थियो । सामाजिक बिकास कार्यालयले जिल्लामा कला,सँस्कृती,भाषा साहित्य,युवा तथा खेलकुद, बिद्यालय तहको भौतिक पुर्बाधार,सामाजिक बिकास,उच्च शिक्षा तथा प्राबिधिक शिक्षामा काम गदै आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित