Rashtriya Dainik

रेडक्रसकाे मूलमन्त्र सिद्धान्त सेवा नै धर्म हाे : पालिका अध्यक्ष चाैधरी

राष्ट्रिय दैनिक / नवलपरासी ,१८ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष सुखाडीलप्रसाद चौधरीले हामी सबै रेडक्रसकर्मी भएको हुनाले रेडक्रस मूलमन्त्र सिद्धान्त सेवा नै धर्म भएको बताउनुभएको छ।

साेमवार बत्राैलीमा स्वयंसेवकहरूलाई तीन दिने तालिमकाे उदघाटन समारोहमा बाेल्दै अध्यक्ष चाैधरीले रेडक्रसमा निस्वार्थ भावनाले चल्ने संस्था भएकोले दु:ख परेको बेला रेडक्रस नै हो भन्दै परोपकारको भावना लिएर अगाडी बढ्नुपर्नेमा बताउनुभयो । अध्यक्ष चाैधरीले अरूलाई सेवा गर्दा उपकार गर्दा आफूलाई पनि दुख कष्ट हुने स्वाभाविक हुने भएकोले त्यसलाई आत्मसाथ गदै अगाडी बढनुपर्ने परिस्थितको सामान गर्नुपर्ने बताउनुभयो । सरावल गाउँपालिकाले हरेक वर्ष रक्तसञ्चारको लागि दुई लाख बजेटछुटाएको बताउँदै अध्यक्ष चौधरीले गाउँवासीलाई रगतको आवश्यक परेको बेला निःशुल्क उपलब्ध गराउँदै आएको जानकारी समेत दिनुभएको हाे।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासी तथा समुदायमा आधारित बृहत् स्वास्थ्य कार्यक्रम परियोजनाको सहयोगमा उक्त तालिमको आयोजना गरिएको हो ।

बिपत् बेलामा स्वास्थ्य क्षेत्र स्वास्थ्य प्रवर्धनको लागि र महामारी उत्पन्न हुने परिस्थितकोसामाना , न्यूनीकरण गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको रेडक्रसका जिल्ला सदस्य राजेन्द्र अग्रहरीले जानकारी दिनुभयाे ।

कार्यक्रममा रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीले स्वयंसेवकहरुले यहाँ सिकेका कुरा व्यवहारमा उतार्न र समुदायमागएर सिकेका सिपलाई सदुपयोग हुने बिश्वास व्यक्त गर्नुभएको हाे।

तीन दिनसम्म चल्ने तालिममा महामारी कसरी गर्ने आइपरेको बिपतमा महामारीलाई नियन्त्रण गर्ने र समाजमा महामारीको निदान कसरी गर्ने तथा बिपतको बेला उद्धार कसरी गर्ने त्यसको नक्सा तयार गर्ने सम्बन्धी तालिममा दिने समुदायमा आधारित बृहत् स्वास्थ्य कार्यक्रम परियोजनाका स्वास्थ्य अधिकृत अनुप खड्का रूपक मल्ल ठकुरी, निलु अग्रहरी, समिउल्लह, प्रशिक्षण दिने रेडक्रसकी उपसभापति माया अग्रहरीले जानकारी गराउनुभयाे ।

तालिममा ९ वटा उपशाखाबाट २४ जना स्वयंसेवकहरु सहभागिता रहेको छ ।

रेडक्रसकी उपसभापति माया अग्रहरीको अध्यक्षतामा भएको उद्घाटनमा रेडक्रसका उपसभापति कृष्ण प्रसाद लामिछाने, रेडक्रसका जिल्ला सदस्य अर्जुन बहादुर क्षेत्री लगायत बोलेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित