Rashtriya Dainik

सरावलमा स्थानिय आर्थिक विकास सर्भेक्षण अभिमुखिकरण तथा कार्यशाला गाेष्ठी सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,१८ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे सभाहलमा स्थानिय आर्थिक विकास सर्भेक्षण अभिमुखिकरण तथा कार्यशाला गाेष्ठी सम्पन्न भएको छ।

सरावल गाउँपालिकाकाे आयाेजना तथा अमेजिङ्ग सनसाइन मल्टिप्रपोजकाे प्राविधिक सहयोगमा अभिमुखिकरण तथा कार्यशाला गाेष्ठी सम्पन्न भएको हाे।

कार्यशाला गाेष्ठीमा बाेल्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले समृद्ध सरावल बनाउनकाे लागि आर्थिक सर्मेक्षण गर्नुपर्ने भएकोले यश कार्यलाई अगाडि बढाएको बताउनुभयो । आर्थिक विकास सर्भेक्षण सरावलकाे १ देखि ७ वडासम्म हुनेभएकोले जनप्रतिनिधि र कर्मचारीहरुले सघाउन अग्राह गर्नुभएको थियो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राले आर्थिक विकास सर्भेक्षणले वार्षिक लक्ष्य र सेवा प्रवाह कहाँ र कति भएको तथ्यांक आउने भएकोले सरावल गाउँपालिका विकासका काम गर्न सहज र सरल हुने बताउनुभयो । यश डाटाले गरिब ब्यक्तिकाे लागि याेजना र कार्यक्रम बनाउन सहयोग पुग्ने कुरा राख्नुभएको थियोे ।


कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , वडा अध्यक्ष , कार्यपालिका सदस्य र कर्मचारी लगाएतकाे उपस्थिति रहेको सरावल गाउँपालिका लेखापाल नरेश काेहारले जानकारी दिनुभयाे।

अभिमुखिकरण तथा कार्यशाला गाेष्ठीकाे सहजिकरण स्वतन्त्र विज्ञ दिपक ज्ञवालीले गर्नुभएको अमेजिङ्ग सनसाइन मल्टिप्रपोजका सन्चालक सुबास ज्ञवालीले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित