उमेश बि.क / नवलपरासी , २८ पुस नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ सरावलमा अवस्थित सरावल बचत तथा ऋण सहकारी भवन शिलान्यास तथा संस्थाकाे १० अाैँ सधारण सभा सम्पन्न भएको छ। सहकारीकी अध्यक्ष ठगनि देबि हरिजनकाे अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा एवम उपाध्यक्ष उत्तमा रायकाे बिशिस्ट अातिथ्यतामा सहकारी भवन शिलान्यास सभा साधारणसभा सम्पन्न भएको हाे। सधारण सभालाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले अार्थिक उन्नति समृद्धि सहकारी मानवको गाँस बाँस कपास लगाएतकाे गतिविधि सुधार्ने कामकाे महत्त्वपूर्ण भुमिका खेलेको हुन्छ ।। गाउँपालिकाले कृषि सामग्री सहकारीबाट वितरण गर्ने अवसर दिइएको थियाे । सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुकाे साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो । साथै सहकारी भवन निर्माणको लागि गाउँपालिकाबाट बजेट बिनियाेजन भएको र भवन निर्माण कार्य कमि भएको खण्डमा पालिकाले पुनह सहयोग गर्ने कुरा अवगत गराउदै अगामि दिनमा सहकारी अगाडि बढाउनमा गाउँपालिकाबाट सकारात्मक भुमिका रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियाे। त्यस्तै उपाध्यक्ष रायले अाज महिलाकाे ठुलाे साथि सहकारी भएको छ। अाफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र अावश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक महिलाकाे लागि अावश्यक छ। यसले महिला नेतृत्वमा ठुलाे सहयाेग गरेको भन्दै अगामि दिनमा सहकारी बिकासकाे लागि सहयोग र साथ दिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियाे। सहकारी संस्थाकाे १० अाैँ सधारण सभामा कार्यपालिका सदस्य चन्दा चाैधरी ,समाजसेवी अम्बरीश चाैधरी ,समाजसेवी राजु प्रसाद हरिजन ,समुदाय स्तरीय बिपद ब्यवस्थापन समिति प्रदेश नं. ५ सचिव तथा पत्रकार उमेश बि.क,नेपाल रेडक्रस साेसाइटि बालपुरी सदस्य रामानन्द हरिजन,सरावल गा.पा स्तरीय महिला सन्जाल सदस्य रेशमा वि.क लगायतले महिलाहरु चुलो चौकोमा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्नेमा जोड दिदै सहकारीले महिलाको नेतृत्व विकास गरी आनीबानी परिवर्तन समेत ल्याएको जोड दिएका थिए । उक्त सहकारीको बार्षिक प्रतिबेदन सहकारीका व्यवस्थापक बासमति हरिजनले गर्नुभएको थियो । २०६८ सालमा स्थापना भएको सहकारीले ३० लाख ५८ हजार ९ सय ४९ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको व्यवस्थापक हरिजनले जानकारी दिनुभएको छ । सहकारीमा सरावल गाउँपालिका वडा नं. ३ र ४ का १ सय ८९ जना महिलाहरु आबद्ध रहेका छन । सरावल बचत तथा ऋण सहकारी संस्थाकाे भवन निर्माणकाे गाउँपालिकाबाट ६ लाख ५० हजार तथा वडाबाट ३ लाख ५० हजार बजेट बिनियाेजन गरिएको सह ब्यवस्थाक रेश्मा बि.कले जानकारी दिनुभएको हाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।