उमेश बि.क / नवलपरासी , १८ मंसिर
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा आयाेजित उपाध्यक्ष कप कपर्दी प्रतियोगिताको उपाधि राजभर ग्रुप सरावल ५ फुलबरीयाले जितेको छ ।
निकै प्रतिस्पर्धात्मक फाइनलमा खेल सरावल ५ दिनेश गुड्स सप्लायर्स धनगडवालाई ३० – २७ ले हराउँदै राजभर ग्रुप फुलबरीया (सि)
ले उपाधि जितेको हो ।
आइतबार भएको फाइनल खेलमा राजभर ग्रुप फुलबरीयाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हाे।

त्यस्तै सृजनशिल युवा क्लब सरावल ५ दुबाैलिया सरावल ६ पुसाैलिमा २२ काे विरुद्ध २४ प्वाइन्ट बनाई तेस्रो स्थान हासिल गरेको हाे। २२ प्वाइन्ट बनाउदै हार ब्यहाेरेकाे सरावल ६ पुसाैलि सान्त्वना स्थान हासिल गरेको हाे।
प्रतियोगितामा प्रथम हुने समुहलाई ५१ हजार मेडल कप र द्धितिय ३१ हजार मेडल कप , तृतीय २१ हजार मेडल कप र सान्त्वना पुरस्कार ५ हजार मेडल कप प्रदान गरिएको पालिका उपाध्यक्ष बासमति हरिजनले जानकारी दिनुभएको हाे।

उपाध्यक्ष कप कपर्दी प्रतियोगितामा पालिका अन्तर्गतको २७ वटा कपर्दी समुहको सहभागीता रहेको थियो ।
विजेता तथा उपविजेता टीमलाई एक कार्यक्रमका बीच सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगाैती यादव ( रुदल ) ले पुरस्कार वितरण गर्दै सरावल गाउँपालिकाले खेलप्रति बजेट बिनियाेज गर्दै खेलाडी उत्पादन गरिरहेकाे छ याे उदाहरणीय काम रहेकाे बताउनुभयो । उपबिजेता हुदैमा हरेस खानु हुदैन यसलाई सिकाईकाे रुपमा लिदै अगामी दिनमा जितकाे लक्ष्यसम्म पुग्ने कुरा राख्नुभएको हाे। समन्वय प्रमुख यादवले सरावल गाउँपालिका नवलपरासी जिल्लालाई चिनाउने हिसाबले काम गरि रहाेस भन्दै खेलकुद प्रतियोगिता सफलताकाे शुभकामना ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले पछिल्लो समयमा युवा पुस्ताहरू खेलतर्फ आकर्षित हुन छोडेकोले यस्ता कार्यक्रमले खेल संरक्षण र खेलाडीहरूमा थप ऊर्जा उत्पन्न हुने बताउनुभयो । खेलकुदले जीवनका हरेक गतिबिधिलाई सवल र शसक्त बनाउदै लैजाने बताउदै सरावल गाउँपालिका स्तरीय छनाैट भएको खेलाडीलाई बधाई सहित शुभकामना दिनुभएको हाे। खेल र खेलाडीलाई विशेष प्राथमिकता राख्दै पालिका काम गर्ने प्रतिबद्धता सहित पराजित टिमले अझै प्रयास गर्न सुझाव सहित प्रतियोगिता सफल बनाउने सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

उपाध्यक्ष कप कपर्दी प्रतियोगिताको समापन समारोहमा रामग्राम नगरपालिका उपमेयर सम्झना चाैधरी, सरावल ५ वडा अध्यक्ष लक्षुमण चाैधरी लगाएतले बाेल्नुभएकाे गाेपिचन्द्र हरिजनले जानकारी दिनुभएको हाे।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

