दाङ – मोहन बैद्य किरणले नेतृत्वको गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम दाङको घोराहीमा सम्पन्न गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला “कंचन“ को प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले एमसीसी खारेजीको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।
कार्यक्रममा पार्टीका प्रवक्ता बास्तोलाले राष्ट्रघाती एमसीसी सम्झौता कुनैपनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुभएको थियो ।
केन्द्रीय कार्यालय सदस्य समेत रहनुभएका प्रवक्ता बास्तोलाले एमसीसी बिरुद्ध दोस्रो चरणको जनप्रतिरोध संघर्ष अगाडि बढाउने घोषणा गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता पार्टीका प्रदेश सह–संयोजक निरजकुमार केसी संचालन पार्टीका केन्द्रीय सदस्य विरेन्द्र शाह , स्वागत मन्तव्य पार्टी केन्द्रीय सदस्य नारायण भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका अतिथिको रुपमा प्रदेश ईन्चार्ज प्रेम सुवेदी सहित अन्य अतिथि वक्ताको रुपमा बुद्धिजिवी रामप्रसाद जैसी, जनप्रतिरोध अभियानका प्रतिनिधि प्रमोद धिताल , नेकपा दाङका सचीव जनक सी , राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य , माओवादी केन्द्र दाङ सचिव विश्वराज आचार्य , नेकपा ( मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारी रहनुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

