वीरगन्ज ,१८ मङ्सिर
प्रहरीले प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ गरेको छ।
पर्सा प्रहरीले अवैध लागूऔषध खैरो हिरोईन र नाईट्रोजाईपाम सहित ३ तीन जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी ईनार्वा चौकी बरिस्ठ प्रहरी नायब निरीक्षक संतोष केसीको कमाण्डमा रजतजयन्ती चौकमा खटिएको प्रहरी चेकीङ्ग टोलीले
भारतबाट नेपाल तर्फ आउदै गरेको ना.३० प ७७४६ नम्बरको स्कुटीलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा सवारले हुडी भित्र बायाँ हाँतमा लुकाई छिपाई राखिएको लागु औषध खैरो हिरोइन ०.६२० मि. ग्राम बरामद गरेको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए।
त्यसैगरि प्रहरी चौकी ईनार्वाले रजतजयन्ती चौकबाट भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीलाई संकास्पद हिडिरहेको युवकलाई रोकी चेकजाँच गर्द बोकेको प्लास्टिकको झोला भित्र प्रतिबन्धित लागु औषध नाईट्राजेपाम नाइजा एक्यान प्रति पत्तामा १० ट्याब्लेटका दरले ७ पत्तामा ७० ट्याब्लेट सहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए।
प्रतिबन्धित लागूऔषध खैरो हिरोईन सहित हटौडा वडा१ का सुवास पौडेल र समीप श्रेष्ठ र हटौडा १४ का साजन पौडेललाई नाईट्राजेपाम सहित नियन्त्रणमा लिई लागूऔषध कसूरमा मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

