Rashtriya Dainik

कालिकामाई युवा समाजद्वारा दाइजो बहिस्कार,युवा समाजका सदस्यले बिहे गर्दा दहेज नलिने घोषणा

राजन कुमार बानिया /पर्सा ,१७ मंसिर ।

पर्साको कालिकामाई गाउँपालिकामा रहेको कालिकामाई युवा समाजले दाइजोरूपी दानव विरुद्ध “दहेज बहिस्कार” अभियानको अाजको बैठकबाट युवा समाज का सदस्यहरुले अाफु बिहे गर्दा दहेज नलिने घोषणा गरेका छन।

कालिकामाई युवा समाजको औपचारिक बैठकले मधेशी समुदायमा जल्दोबल्दो समस्याको रूपमा रहेको दाइजो प्रथा उन्मूलन गर्नमा आजको युवा पिढीको विशेष भूमिका हुनसक्ने भएकोले दहेज बहिस्कार अभियान सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ!

समाजमा विकराल रूप लिँदै गएको दाइजोको कारण कैयौँ छोरीहरूलाई जिउँदै जलाईएको छ भने कतिपै छोरीहरू दिनहुँ ससुराल पट्टीको अमानविय व्यवहार खेप्दै आएकी छिन्! आफ्नो छोरीलाई दाइजोको चपेटा बाट जोगाउनका निम्ति कैयौँ परिवारले विदेशमै जीवन बिताउँदैछन् भने कतिपै आमाले आफू नचाहिँदा पनि छोरीलाई गर्भमै मार्न बाध्य भएकी कारण आफूहरु यो अभियान चलाउने निर्णय गरेको युवा समाजको भनाइ रहेको छ!

कालिकामाई युवा समाजका सदस्यहरुले अाफ्नो र घर परिवारमा बिहे गर्न दाईजो नलिने घोषणा गर्दै दाइजो बहिस्कार अभियान संचालन गर्ने निर्णय गरिएको छ।

“दाइजो बहिस्कार” अभियानमा दाइजो बिना विवाह गर्ने व्यक्तिलाई कालिकामाई युवा समाजले विशेष उपहारकासाथ ठूलो सभामा समानीत गर्ने र स्थानिय सरोकारवालाहरुसंग सहकार्य गरी दाइजो प्रथा विरुद्ध सडक नाटकजस्ता जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भनिएको युवा समाजका अध्यक्ष आकाश चौरसियाले जनाएका छन।

कालिकामाई युवा समाजको बसेको औपचारिक बैठकमा युवा समाजको वरिष्ठ उपाध्यक्ष आकाश महतो केवट,उपाध्यक्ष भरत साह,महा सचिव बिशाल कुशवाहा,सचिव विकाश पटेल,संस्थापक सदस्यहरु चन्द्रशेखर पटेल,साबिर आलम,मोहन महतो,रमेश चौरसिया,दिपेन्द्र गुप्ता, सहजाद आलम लगायतका युवाहरुको सहभागिता रहेको युवा समाजको कोषाध्यक्ष बुलेट तिवारी जनाए का छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित