राष्ट्रिय दैनिक / नवलपरासी , १७ मंसिर
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा सहायक सामाग्री हस्तान्तरण गरिएको छ।
सरावल गाउँपालिकाकाे आयाेजना तथा फेअर मेड , इन्द्रेणी सामाजिक बिकास मन्चकाे समन्वयमा एक कार्यक्रमबिच आइतबार सहायक सामाग्री हस्तान्तरण गरिएको हाे।

अपांगता सन्जालकाे अध्यक्ष राजकुमार शर्माकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा वितरण भएको सहायक सामाग्री कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले सहायक सामाग्री वितरणले पालिका भित्रका अपांगता भएका नागरिकहरूलाई राहत पुग्ने बताउनुभयो । सामान्यतया अपांगता भएको नागरिकहरू सामान्य जीवन शैली भएका नागरिकहरू भन्दा फरक हुने बताउनुभयो । वहाँले उनीहरूलाई एक स्थानबाट अर्को स्थान सम्म पुग्नका साथै हरेक किसिमका कार्यहरू सम्पादन गर्नका लागि निकै कठिन हुने हुँदा उनीहरूको दैनिक जीवन शैलीमा सहज ल्याउन पालिकाले साहायक सामाग्री वितरण गरेको अध्यक्ष चाैधरीले बताउनुभयो । पालिकाले अपांगता भएको ब्यक्तिका लागि विभिन्न कार्यक्रम सहित ग र घ वर्गका ब्यक्ति र परिवार र स्वास्थ्यबिमा गरिदिने बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले अपांगता भएको ब्यक्तिमा ठुलो सम्भावना रहेकोले उच्च मनाेबल सहित अगाडि बढ्न सुझाव दिनुभएको हाे । अपांगता भएको ब्यक्ति थुप्रै उदाहरणीय काम गरेकोले वहाँहरुलाई माया सम्मान प्रदान गरिदपन अनुरोध गर्दै पालिबाट अगामि दिनमा थप सहयोग साथ दिने बताउनुभयो ।

कार्यक्रममा इन्द्रेणी सामाजिक विकास मन्चका सुचना अधिकारी पुष्पराज काफ्ले , पत्रकार उमेश बि.क र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख खेम खनालले अपांगताकाे सवाल र पालिकाले गरेको कामकाे चर्चा गर्दै शुभकामना दिनुभएको थियो ।

३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसकाे कार्यक्रममा अपांगता भएको ब्यक्तिलाई ह्विलचेअर र बैशाखी लगाएतकाे सहायक सामाग्री हस्तान्तरण गरिएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

