Rashtriya Dainik

जिल्ला सह संयोजक ढकाल माथि भएको गालीगलौज तथा हातपात प्रति गम्भिर ध्यानाकर्षण

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल जिल्ला संगठन समिति नवलपरासी पश्चिमले पार्टीका जिल्ला सह संयोजक गणेश बहादुर ढकाल माथि भएको गालीगलौज तथा हातपात प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका जिल्ला संयोजक समरले आइतवार जारी गरेको प्रेस बक्तब्य सह संयोजक ढकाल माथि भएको गालीगलौज तथा हातपात प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाउदै उक्त घटना प्रति खेद ब्यक्त गर्दै घोर भत्र्सना एंव निन्दा गरिएको छ ।
बक्तब्यमा भनिएको छ – ‘क्रान्तिकारी छविलाई निरन्तर कायम गर्दै आएको हाम्रो पार्टीका जिल्ला सह संयोजक गणेश बहादुर ढकाल लाई बर्दघाट निवासी रमेश बस्यालले ब्यक्तिगत लेनदेनको रकम लिन बोलाई मिति २०८० मंसिर १५ गते दिउसों करिब ४ बजेको समयमा आपसी ब्यक्तिगत एवं व्यवसायिक लेनदेनको छलफलकै क्रममा विप्लव नेतृत्वको नेकपा नवलपुर जिल्ला ईन्चार्ज गंगाराम ज्ञवाली (सुमन) सहित नेकपा नेतृ शारदा गिरी (कृति)ले गरेको गालीगलौज तथा हातपात प्रति हाम्रो गम्भिर ध्यानार्कषण भएको छ ।’

‘ब्यक्तिगत एंव ब्यवसायिक लेनदेनको बिषयलाई वार्ता एंव संवाद गर्नुको साटो गालीगलौज तथा हातपात गर्नु गैर राजनैतिक एंव गैर सामाजिक चरित्र हो ।’उक्त घटनाको हाम्रो पार्टी घोर भत्र्सना एंव निन्दा गर्दछ । – सो बक्तब्यमा उल्लेख गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित