जिल्ला प्रहरी कार्यालय नवलपरासीको आयोजना तथा पृथ्वी चन्द्र अस्पताल परासीको समन्वयमा प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा विभिन्न दर्जामा कार्यरत ८४ जना प्रहरी कर्मचारीहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी रेशम बहादुर बोहराले जानकारी दिनुभएको छ।
स्वास्थ्य परिक्षण कार्यमा डा. मुरली मनोहर गुप्ताको नेतृत्वमा रहेको मेडिकल टोलिले सामान्य स्वास्थ्य परिक्षण कार्य गरेको थियो भने स्वास्थ्य परिक्षण कार्यमा सहभागी सुरक्षाकर्मीहरुलाई सुझाव र अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो।
दिनरात राष्ट्रको सेवामा समर्पित सुरक्षाकर्मीहरुको स्वास्थ्य परिक्षणबाट चिसोको कारण हुनसक्ने स्वास्थ्य जोखिम न्यूनीकरण हुन सक्ने अपेक्षा गरिएको छ।
नियमित स्वास्थ्य परिक्षण कार्यमा प्रहरी निरीक्षक,सहायक प्रहरी निरीक्षक, हवल्दार र प्रहरी जवान दर्जाका सुरक्षाकर्मीहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

