Rashtriya Dainik

संञ्चारमाध्यम वर्तमान परिस्थीतिमा अझ गम्भिर र जिम्मेवार बन्नुपर्ने : नेता कण्डेल

राष्ट्रिय दैनिक / नवलपरासी , १६ मंसिर

नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पुर्व गृहराज्यमन्त्री देबेन्द्रराज कण्डेलले संञ्चारमाध्यम वर्तमान परिस्थीतिमा अझ गम्भिर र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ। पश्चिम नवलपरासीको पहिलो रेडियो, सामुदायिक रेडियो परासीको नवनिर्वाचित संञ्चालक समितिको पदस्थापन कार्यक्रम बाेल्दै नेता कण्डेलले नवनिर्वाचित राजकुमार रेश्मि नेतृत्वको समितिलाई रेडियोको विश्वनियता कायम राख्दै अझै उचाईमा पुर्याउनुपर्ने बताउनुभयो । रेडियो परासी यस क्षेत्रकै अग्रणी संञ्चारमाध्यमको रुपमा स्थापित हुन सफल भएको बताउनुभयो । अहिले नवलपरासी सहित देशभरका स्थानिय तहमा बेथिति बढेको बताउदै कंण्डेलले जनप्रतिनिधि जनता प्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले केहि वर्ष अगाडी सम्म सबैभन्दा पछाडी परेको नवलपरासीको सदरमुकाम परासी सहितका क्षेत्रले मुहार फेरेको बताउदै विस्तारै परिर्वतन भईरहेको उल्लेख गर्नुभयो ।

रेडियोको १५ वर्ष सम्म नेतृत्व गर्नुभएका निर्वतमान अध्यक्ष सुमनगोपाल आचार्यले नवनिर्वाचित अध्यक्ष राजकुमार रेश्मिलाई अध्यक्षको आसन ग्रहण गराएर पदस्थापन गराउनुभएको हो ।

निर्वाचन समिति संयोजक राजेन्द्र कुमार क्षेत्रीले कार्तिक २३ गते रेडियोको छैठौँ अधिवेशनका क्रममा सर्वसम्मत निर्वाचित संञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद अनुसारको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

रेडियोको उपाध्यक्षमा नगेन्द्र अग्रहरी, सचिवमा तोरेन्द्र जिसि, कोषाध्यक्षमा चन्द्रमणी चौधरी, सहसचिवमा गुरुदत्त पौडेल, सदस्यहरुमा माधव प्रसाद पाण्डे, राजकिशोर गुप्ता, विष्णुहरी नेपाल, उपेन्द्र गुप्ता, श्रद्धासुमन आचार्य र मुक्ति प्रसाद पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

यसैगरी पेउनारायण न्यौपानको नेतृत्वमा तारा देवी शर्मा र गोविन्द न्यौपाने सदस्य रहेको लेखा समिति सहित जिल्ला सहकारी संघ प्रतिनिधि ईन्द्र बहादुर क्षेत्रिको पनि आजै पदस्थापन गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदलले जनअपेक्षा अनुसार संञ्चारमाध्यम प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । विभिन्न रचनात्मक कार्यक्रम गरेर रेडियो समाजसंग घुलमिल हुदै समाजिक उत्तरदायित्व पनि पुरा गर्नु सकारात्मक विषय भएको यादवले उल्लेख गर्नुभयो ।

निर्वतमान अध्यक्ष आचार्यले रेडियोलाई अगाडी बढाउन आफु अध्यक्ष नभएपनि निरन्तर प्रतिवद्ध रहने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष रेश्मिले अहिलको नेतृत्वलाई अवसर संगै चुनौती पनि रहेको बताउदै अहिले संञ्चारमाध्यम प्रविधिमैत्रि बन्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा रामग्राम १ का वडा अध्यक्ष रुद्रप्रकाश उपाध्याय, रोटरी कल्ब अफ नवलपरासीका अध्यक्ष विरेन्द्र अग्रहरी, रेडियोका सल्लाहाकार हरि कुमार ढकाल लगायतले रेडियोलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।


रेडियो परासीले कार्तिक १७ गते रेडियो उद्घाटन भएको दिनको सम्झनामा सप्ताहव्यापी कार्यक्रमको सहितको वार्षिकउत्सवका कार्यक्रममा कार्तिक २३ गते नयाँ नेतृत्व सर्वसम्मत चयन गरेसंगै समापन भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित