राष्ट्रिय दैनिक / नवलपरासी , १७ मंसिर
सहकारी सन्चालकहरुले सहकारीमा ध्यान नपुर्याए सहकारी डुब्ने सम्भावना हुने हुदा सबै जिम्मेवारी बन्नु पर्ने बताउदै अनुशासन र सहकारीकाे सिद्धान्त भित्र रहे मात्र सहकारी सफल हुने सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो।
अध्यक्ष चाैधरीले तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्था र कोल बृक्ष बचत तथा ऋण सहकारि सरावल १ को बार्षिक साधरण सभामा शनिबार उक्त कुरा बताउनुभएको हाे।
पश्चिम नवलपरासीमा रहेको तिलकपुर महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १६ औ बार्षिक साधरण सभा शनिबार तिलकपुर संस्थाका अध्यक्ष सत्यदेबि चोैधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे।
कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई जोडदै महिला हिंसा पुरुषबाट मात्र नभई महिलाबाट पनि हुने हुदा सबैलाई समान दृष्टिले हेर्नुपर्ने बताउनु भयो।

कार्यक्रममा सरावल गाउँपालिका सहकारी प्रमुख देसकान्त बस्याल ,सहकारी अभियन्ता हैदर अलि मुमिन, नारायण पान्डे,देबराज श्रेष्ठ, प्रेम कुमारि चोैधरी ,मिना चौधरी लगायतले मन्तब्य राख्नु भयेको थियो।
७ करोड ४७ लाख कारोबार रहेको सस्थाले कुल ६९ लाख १६ हजार ७ सय ६६ आम्दानि गरेको प्रतिबेदनमा उल्लेख गरियको छ।
संस्थाकी उपाध्यक्ष बाल कुमारी भन्डारीको स्वागत मन्त्ब्य रहेको कार्यक्रमको सन्चालन सह ब्यबास्थापक मातेस्वरी चोैधरीले गर्नु भएको थियो ।
त्यस्तै कोलबृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेड सरावल १ बासाको १४ औ बार्षिक साधरण सभा शनिबार सम्पन्न भयको छ।
कार्यक्रममा उत्कृष्ट बचत कर्ता बाल बचत जेस्ठ नागरिक अशल ऋणिहरु लाई सम्मान समेत गरियको थियो ।

सरावलका वडा नम्बर १,२,३ कार्य क्षेत्र रहेको सस्थामा कुल ५६२ जना शेयर सदस्य रहेका छन भने संस्थाले कुल १८ लाख १९ हजार ५ सय शुद्ध नाफा गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ।
संस्थाका उपाध्यक्ष नरेन्द्रबिक्रम चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सन्चालन सचिब प्रलाद पासिले गर्नु भयको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

