Rashtriya Dainik

सरावलमा अन्तरपालिका मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे आयाेजनामा अन्तरपालिका मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार सरावलकाे खेल मैदानमा तिनवटा मैत्रीपूर्ण खेल भएको हो ।

प्रतापपुर र पाल्हिनन्दन बिच भएको पहिलो मैत्रीपुर्ण खेलमा पाल्हिनन्दन विजयी भएको हाे। त्यस्तै दोस्रो मैत्रीपूर्ण खेल रामग्राम र सुस्ता बिच भएको खेलमा रामग्राम विजयी भएको हाे । र तेस्रो खेल सरावल र प्रतापपुर भएको खेलमा प्रतापपुर विजयी भएको हाे ।

यस प्रतियोगिताको दाेस्राे चरणको खेल २३ गते शनिबार हुने सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राले जानकारी दिनुभएको छ।

सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमख आतिथ्यतामा अन्तरपालिका मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सुरुवात भएको हाे।

क्रिकेट प्रतियोगिता उदघाटन गर्दै पालिका अध्यक्ष चाैधरीले अन्तरपालिका बीचका खेलले आपसी सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताउनुभयो । अन्तरपालिका बीचका खेलले एकआपसबिच चिनजान र अनुभव आदानप्रदान गर्ने वातावरण सृजना भएको बताउनुभयो । यश खेलले समग्र नवलपरासीलाई अरु ठाउँमा चिनाउन मद्दत पुग्ने बताउदै याे खेल घुम्ती तरिकाले गर्दै प्रत्येक पालिकामा गर्नुपर्ने बताउनुभयो । खेल अनुशासनकाे दायरामा रहेर प्रदर्शन गर्न आग्रह सहित खेलकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिश्राले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताले मैत्रीपूर्ण भाव सिर्जना गर्ने र सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। अन्तरपालिका मैत्रीपूर्ण क्रिकेटले आपसी सम्बन्ध बलियो बनाउनुका साथै भातृत्वभाव बढाउने बताउनुभयो ।

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषाल , सुस्ता २ वडा अध्यक्ष कृष्णलाल मुखिया लगाएतकाे सहभागीता रहेको थियो ।

सरावल कृषिशाखा प्रमुख कुलदिप मिश्रकाे स्वागत मन्तब्यबाट सुरुवात भएको अन्तरपालिका मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताकाे कार्यक्रम सन्चालन लेखापाल नरेश काेहारले गर्नुभएको थियो ।

मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्रा र सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषालकाे विशेष सक्रियतामा सन्चालन भएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित