कपिलवस्तु, १४ मसिर ।
कपिलवस्तुकाे शिवराज नगरपालिका-५, चन्द्राैटामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को आयोजनामा हुने भएको छ । देशको वार्तमान राजनितिक संकट र समाधानको विषयमा बृहत अन्तरक्रिया कार्यक्रम हुने पार्टीका पश्चिम कपिलवस्तुका सचिव बिनोद लुइटेल (पावेल सी) ले जानकारी दिनुभयो ।
कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले मंसिर १५ गते शुक्रबारका दिन सम्बोधन गर्ने पावेलले बताउनु भयो । देशको आर्थिक संकट, राजनितिक परिवेश, बैदेशिक हस्तक्षेप, सामाजिक विकृती, सांस्कृतिक विचलन, प्रकोपबाट प्रभावितहरुको अवस्था बारे अन्तरक्रिया कार्यक्रम हुने नेकपाले जनाएको छ ।
सो कार्यक्रममा स्थानिय राजनितिक दलका आगुव प्रतिनिधी, विभिन्न विषयका जानकार, उद्योगी, व्यपारी, व्यावसायीको सहभागिता समेत रहनेछ । कार्यक्रम चन्द्रौटामा रहेको व्यापार संघको सभाहलमा शुक्रबार बिहान ११ बजे हुने जनाइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

