Rashtriya Dainik

नारायणी कृषि सहकारी संस्था लि.काे तेस्रो वार्षिक साधारणसभा सम्पन्न

आरपि उपाध्याय/ नवलपरासी , १४ मंसिर

नारायणी कृषि सहकारी संस्था लि. सुस्ता ३ मर्चहवा पश्चिम नवलपरासीको तेस्रो वार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष खगेश्वर लटौलाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथी समेत रहनु भएका लुम्बिनी प्रदेश सभा सदस्य देव करण कलवार (सन्तु) ले ग्रामीण भेगमा खोलिएका सहकारी संस्थाले आर्थिक अनुशासनलाई बलियो बनाउने बताउदै साहुको चर्को आर्थिक शोषणबाट मुक्ती पाउन सहकारी बलियो माध्यम भएको धारणा राख्नु भयो ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन अध्यक्ष लटौलाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष बृष नारायण महतोले, सचिवको प्रतिवेदन सचिव राम प्रबेश कोहारले र लेखा समितिको प्रतिवेदन लेखा संयोजक अशोक हरिजनले प्रस्तुत गर्नु भएको थियो ।

वार्षिक साधारणसभामा सुस्ता गाउपालिका वार्ड न ३ का वार्ड अध्यक्ष हरिलाल दुसाध, सहमति गैडाकोटका प्रतिनिधि तारानाथ सुवेदी, रामचन्द्र पोख्रेल, कृष्ण पन्त, दिर्घजिबी पोख्रेल , लगायतले सहकारी गतिविधि माथी प्रकाश पार्नु भएको संस्थाले बताएको छ।

संस्थाले आर्थिक वर्ष ०७९/८० मा २ लाख ५० हजार ७ सय २९ रुपैयाँ शुद्ध नाफा गरेको संस्थाको व्यवस्थापक मेनुका पौडेलले जानकारी गराउनु भयो।

संस्थामा हाल १३१ महिला र पुरुष १८४ गरि कुल ३१५ जना शेयर सदस्य रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित