Rashtriya Dainik

मंसिर १५ गते जिल्ला सम्मेलन गर्दै पश्चिम नवलपरासी कांग्रेस

राष्ट्रिय दैनिक / नवलपरासी , १४ मंसिर

नेपाली कांग्रेस, पश्चिम नवलपरासीले जिल्ला सम्मेलन गर्ने भएको छ । काङ्ग्रेस नवलपरासीले मंसिर १५ गते प्रथम जिल्ला सम्मेलन गर्न थालेको हो ।

एक हजार भन्दा बढी संख्यामा काङ्ग्रेस प्रतिनिधित्व सहभागी हुने सम्मेलन नेपाली काँग्रेसका वरिष्ठ नेता, केन्द्रीय सदस्य मा. डा. शेखर कोइरालाले उद्घाटन गर्ने कांग्रेस नवलपरासी उपसभापति अनिल गौडले बताए ।
सम्मेलन नेपाली काँग्रेसका वरिष्ठ नेता, केन्द्रीय सदस्य मा. डा. शेखर कोइरालसंगै , केन्द्रीय सदस्य मा. दिपक गिरी , केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी लगाएतका नेताहरुकाे सहभागीता रहने छ।

जिल्ला सम्मेलन नवलपरासीको सदरमुकाम परासीमा शुक्रबार १०:३० बजेबाट सुरु हुने काङ्ग्रेस नवलपरासीले जनाएको छ।

पश्चिम नवलपरासीमा सम्मेलन पहिलो पटक हुन थालेको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित