Rashtriya Dainik

साताैँ स्थानीय तहमध्ये सरावलले अनुकरणीय काम गरिरहेकाे छ : समन्वय प्रमुख यादव

उमेश बि.क / नवलपरासी ,१३ मंसिर

पश्चिम नवलपरासीको ७ औँ स्थानीय तहमध्ये सरावल गाउँपालिकाले खेलकुद लगाएत तमाम क्षेत्रमा अनुकरणीय काम गरिरहेकाे जिल्ला समन्वय समिति प्रमुख भगाैती यादव ( रुदल ) ले बताउनु भएको छ।

सरावल गाउँपालिका वडा नम्बर ५ धनगडवामा उपाध्यक्ष कप कपर्दी प्रतियोगिता एवं पालिका स्तरीय खेलाडी छनाैट कार्यक्रमलाई सम्बाेधन गर्दे समन्वय प्रमुख यादवले उक्त कुरा बताउनु भएको हाे। कार्यक्रम बाेल्दै वहाँले आजकल प्राय युवाहरु कुलतमा लागेकाले यस्ता खेलकुदकाे माध्यमले खेलाडी उत्पादन देखि लिएर विभिन्न कुलतबाट बचाउन मद्दत गरेको बताउनुभयो । सरावल गाउँपालिकाले नवलपरासी जिल्लालाई चिनाउने हिसाबले काम गरि रहाेस भन्दै खेलकुद प्रतियोगिता सफलताकाे शुभकामना ब्यक्त गर्नुभएको हाे।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले पालिकाले अब खेल र खेलाडी ब्यवस्थापन गर्नकाे लागि कार्यविधि बनाइ पालिका स्तरीय खेलाडी छनाैट गरिरहेकाे बताउनुभयो । खेलाडी छनाैट भइसकेपछि अन्य पालिका , जिल्ला र प्रदेश स्तरमा खेलाडीलाई खेल खेल्न अवसर सृजना गर्ने बताउनुभयो । खेलबाट खेलाडीले राम्रो गर्न सके भने आफ्नो परिवार वडा र समग्र पालिकाकाे नाम राेसन हुने बताउदै खेलले शरिरलाई स्वास्थ बनाउनुकाे साथै यसले राेजगार सृजना हुने बताउनुभयो । वहाँले खेल र खेलाडीकाकाे लागि पालिकाबाट विशेष साथ सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको हाे।

सरावल गाउँपालिकाकाे आयाेजनामा भएको उपाध्यक्ष कप कपर्दी प्रतियोगिता एव खेलाडी छनाैट कार्यक्रम पालिका उपाध्यक्ष बासमति हरिजनकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगाैती प्रसाद यादव (रुदल) काे प्रमुख आतिथ्यतामा आज एक कार्यक्रम बिच खेल उदघाटन भएको हाे।

पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना) , सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्रा उपस्थित रहेकाे कार्यक्रममा सरावल ५ वडा अध्यक्ष लक्षुमण चाैधरी ,सरावल खेलकुद संस्थाका अध्यक्ष महेन्द्र चाैधरी , जनमत पार्टीका नेता शैलेस चाैधरी लगाएतले खेल र खेलाडीकाे सन्दर्भ चर्चा गर्दै शुभकामना मन्तब्य राख्नुभएको थियो ।

उपाध्यक्ष कप कपर्दी प्रतियोगितामा पालिका अन्तर्गतको २७ वटा कपर्दी समुहको सहभागीता रहेको छ।

प्रतियोगितामा प्रथम हुने समुहलाई ५१ हजार मेडल कप र द्धितिय ३१ हजार मेडल कप , तृतीय २१ हजार मेडल कप र सान्त्वना पुरस्कार ५ हजार मेडल कप प्रदान गरिने पालिका उपाध्यक्ष बासमति हरिजनले जानकारी दिनुभएको हाे।

सरावल ५ पुर्व वडा अध्यक्ष दिनेश सहानीकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन गाेपिचन्द्र हरिजनले सन्चालन गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित