Rashtriya Dainik

Prc द्वारा कपिलवस्तुको चन्द्रौटा बाट सात चेलीको उद्धार

कपिलवस्तु, मंसिर १३

पछिल्लो समयमा भारत हुदै तेस्रो मुलुक अबैध तरिकाले जाने संख्यामा बृद्धि हुने गरेको देखिन्छ। तर मानव बेचबिखन बिरूद्ध काम गर्ने विभिन्न संघ संस्थाले आफू सक्ने मानव बेचबिखन हुन न दिन अहोरात्र खटेका हुन्छन ति संस्था मध्येको एक शान्ति पनर्स्थापना गृह (prc) पनि हो।

कपिलवस्तु जिल्लाको चन्द्रौटा बाट शान्ति पनर्स्थापना गृहका कपिलवस्तु संयोजक बसन्ती जिसी सहितको ३ जनाको टोलीले ७ जना चेलीहरु भारत हुदै तेस्रो मुलुक जाने सूचनाका आधारमा नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको छ।

बुटवल बाट नेपालगन्ज हुदै भारत भइ ओमान तथा कुबेत जान लागेको शान्ति पनर्स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमिराज भट्टराईले सूचना पाए सो सूचना उहाँ ले पीआरसी का कपिलवस्तु संयोजक बसन्ती जिसी लाई दिन साथ उद्धार गर्ने कार्य अगाडि बढाइयो।
शान्ति पनर्स्थापना गृह चन्द्रौटा आफिसको सहयोग लिई नेपाल प्रहरीको सहयोगमा बसन्ती जिसीले ति सात चेलीलाई उद्धार गर्न सफल भइन।

उद्धार गरिएक सात जना महिलाहरु उदयपुर जिल्लाकी १ जना, सप्तरीकी २ जना, चितवनकी १ जना, सुनसरीकी १ जना, झापाकी १ जना, सिन्धुपाल्चोक जिल्लाकी १ जना गरि सात जना रहेकी छन्। उनीहरु संग सोधपुछ गर्दा भारतको दिल्ली हुदै एक जना ओमान तथा अन्य छ जना दिल्ली हुदै कुबेत जान लागेको रहस्य खुलेको तथा उक्त घटनामा संलग्न अन्य व्यक्ति हरूको प्रहरीको सहयोगमा खोज तलास गर्ने शान्ति पनर्स्थापना गृहकी कपिलवस्तु संयोजक बसन्ती जिसीले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित