दोरेन्द्र खड्का /बझाङ ,१३ मंसिर
नानन्देब मेला व्यबस्थापन समितीले आयोजना गरेको खुला वडा स्तरीय पुरुष महिला भलिबल प्रतियोगीताको आज उद्रघाटन गरीएको छ ।
मेला व्यबस्थापन समितीका अध्यक्ष रबिन्द्र रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी मष्टा गाउपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा रहनु भएकोमा बिशिष्ट अतिथी मष्टा गाउपालिका वडा नमबर १ का वडा अध्यक्ष रामचन्द्र रोकाया र गाउपालिका निमित्त प्रमुख प्रशाकिय अधिकृत अम्मर जेठारा रहनुभएको थियो ।
उद्रघाटन सत्रमा कार्यपालिका सदस्य,गाउसभा सदस्य लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले नान्देउ मन्दिरमा पहिले बिभिन्न प्रतियोगिताहरु सञ्चालन हुदै आएकोमा पछिल्लो समय कमहुदै गएको र यसरी प्रतियोगीता गर्नु सफल पक्ष भएको भन्दै आयोजक टिमलाइ धन्यबाद दिएका छन् । साथै गाउपालिकाका जनप्रतिनिधिहरुले यो मन्दिर मात्र नभएर पर्यटकिय क्षेत्र हुने सम्भाबना बोकेको ठाउभएकाले पर्यटकिय क्षेत्र बनाउन आफुले गर्ने भुमिका निभाउने बताएका छन् ।
आज मेलाको उद्रघाटन गरीएको र भोलि बिहान १० बजेबाट खेलहरु सञ्चालन हुने छन् ।
उक्त मेलामा खुला वडा स्तरीय पुरुष महिला भलिबल प्रतियोगीता , देउडा प्रतियोगीता, १० बर्ष मुनिका लाइ बेलुन रेस र ४० बर्ष माथिकालाइ हण्डिफोर प्रतियोगीता सञ्चालन गरीने मेला व्बस्थापन समितीका सँयोजक रबिन्द्र रोकायाले बताउनुभया । उक्त प्रतियोगीता मष्टा गाउपालिका १ को डुङग्रीमा खेलहरु सञ्चालन गरीएका छन् ।
भलिबल प्रतियोगितीमा पुरुष तर्फ प्रथम हुने टिमले ६१ हजार १ सय ११,द्धितीय ४१ हजार १ सय ११ , तृतीय टिमले३१ हजार १ सय ११ प्राप्त गर्ने छन् भने महिला तर्फ ३१ हजार १ सय ११,द्धितीय टिमले २१ हजार १ सय ११ र तृतीय टिमले १६ हजार १ सय ११ नगद सहित ट्रफि,मेडल ,प्रमाणपत्र पाउने पुरुष भलिबल सँयोजक गोपाल रोकायाले बताउनुभयो । कार्यक्रम अबधिभर मदिरा बिक्रिबितरणमा समेत रोक गरीएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

