Rashtriya Dainik

भु.पु. सैनिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी , १२ मंसिर

भु.पु. सैनिक बचत तथा ऋण सहकारी संस्था विनयी त्रिवेणी ६ पुर्वी नवलपरासीको १४ औं वार्षिक साधारणसभा त्रिवेणीको शिवपुरगढीमा मङ्गलबार सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष कन्हैया लाल कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरु प्रति देखाएको उत्तरदायित्व सहकारी भावना अनुसार रहेको धारणा राख्दै पछिल्लो समय यता वित्तिय संस्थाहरु माथि देखाइएको नकारात्मक धारणा प्रती सचेत रहन पनि सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो।

साधारणसभामा संस्थाको कोषाध्यक्ष बाल कुमारी थापाले कोषाध्यक्षको प्रतिवेदन र संस्थाको प्रबन्धक सिंह बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साधरणसभामा आ.व.०७९/८० मा ५ लाख २३ हजार शुद्ध नाफा भएको जानकारी गराइएको छ।

कार्यक्रममा संस्थाका ८० वर्ष नाघेका जेष्ठ सेयर सदस्यहरुलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो।

साधारणसभामा संस्थाका उपाध्यक्ष मङ्गल सिंह थापा, पुर्व अध्यक्ष रन बहादुर पुन मगर, सञ्चारकर्मी आर.पि. उपाध्याय लगायतले सहकारी गतिविधिमाथी प्रकाश पार्नुभएको थियो।
हाल संस्थामा २५८ महिला र २४४ पुरुष गरि जम्मा ५०२ जना सेयर सदस्य रहेको व्यवस्थापक थापाले जानकारी दिनु भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित