Rashtriya Dainik

सियारीका सहकारी संचालकलाई क्षमता अभिबृद्धि तालिम

राजन चाैधरी / रुपन्देही ,१२ मंसिर

रुपन्देहीको सियारीमा संचालित सहकारीहरुको संचालक तथा ऋण उपसमितिको क्षमता अभिबृद्धि तालिम सम्पनन भएको छ ।
विभिन्न ५ वटा सहकारीको आयोजनामा निष्ठा साकोस शिक्षा उप–समिति संयोजकको संयोजकत्वमा तालिम सम्पन्न भएको हो ।
निष्ठा साकोसका अध्यक्ष लाल बहादुर बस्नेतको आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षक प्रकाश अधिकारीले प्रशिक्षण दिएका थिए । उनले सहकारीका विषयमा के कसरी कार्यालय संचालन र व्यवस्थापन गर्ने विषयमा प्राशिक्षण दिएका थिए ।
निष्ठा साकोसका प्रबन्धक प्रेम बहादुर गोदारको संचालनमा भएको कार्यक्रममा बिशिस्ठ अतिथि तराई बहुउद्देशीय सहकारी का राम मिलन यादव, नागरीक बहुउद्देशीय सहकारी राजकुमार घिमिरे, सियारी साकोस बिक्रम भुज लगायतले बोलेका थिए ।

कार्यक्रममा निक्ष्ठा साकोस, सियारी साकोस, नागरिक बहुउदेश्यीय सहकारी, तराई बहुउदेश्यीय सहकारी र शान्तिदिप महिला विकास सहकारीका संचालक तथा ऋण उप समितिको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित