जाजरकोट, १२ मंसिर ।
चिसोका कारण जाजरकोट बारेकोट गाउँपालिका– ७ सुवाकोटका ६५ वर्षीय बृद्धले ज्यान गुमाएका छन् ।
त्रिपालमा बस्दै आएको ६५ वर्षीय हरियो दमाइको आज (मंगलबार) निधन भएको हो । चिसोका कारण उनीमा स्वासप्रश्वास र ज्वरोको समस्या देखिएको थियो ।
दमाईको मृत्युसँग भूकम्पपछि चिसोका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । त्रिपालमुनिको बासका कारण बृद्ध, बृद्धा, बालबालिका, दीर्घरोगी, गर्भवती, सुत्केरी बढि प्रभावित भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

