राष्ट्रिय दैनिक / नवलपरासी , १२ मंसिर
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्ने कार्य सुरु गरेको छ।
बडा नम्बर १ बाट योजना सम्झौताको सुरुवात गरिएको हो । आम नगरबासीहरुको सहजताको मध्यनजर गर्दै वडाबाटै योजना सम्झौता गर्ने कार्य प्रारम्भ गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।

“जनतलाई घर आगनबाटै सेवा पाउनु नै संघीयताको मुल मर्म पनि हो। यसले नागरिकलाई सेवाप्रतिको विश्वास पनि बढाउने भएकाले वडाबाट त्यसको सुरुवात गरेका हौं।’ श्रेष्ठले भन्नुभयो ।
योजना सम्झौताका लागि अव नगर धाउनु पर्ने बाध्यता हटेर सहज भएको स्थानीयले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले सेवाग्राहीको चाप र आवश्यकतालाई हेरेर सबै वडाहरुमा यो अभियान सञ्चालन हुने बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

