आरपि उपाध्याय / नवलपरासी , ११ मंसिर
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा अब राजा कहिल्यै नआउने बताउनु भएको छ।

सभापति देउवाले पार्टीमा बढेको आन्तरिक विवादलाई मिलाएर पार्टी संगठनलाई बलियो बनाउन सबै एकमत भएर लाग्नुपर्ने बताउदै संविधानले दिएको अधिकार प्रयोग गर्दै समयको माग बमोजिम संविधानलाई संसोधन गर्न सकिने धारणा राख्नुभयो।
नेपाली काङ्ग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले सो कुरा बताउनु भएको हो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले काङ्ग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिमाथी धावा बोल्न खोज्नेहरुको इक्षा कहिल्यै पूरा हुन नसक्ने ठोकुवा गर्दै थापाले काङ्ग्रेसलाई बलियो बनाउनु पर्ने समयको माग रहेको धारणा पनि राख्नुभयो।
धर्म,संस्कृती माथी कसैको हस्तक्षेप सैहय नहुने कुरामाथी जोड दिदै उनले संविधान सभाबाट सबैको सहमती बमोजिम आएको नेपालको संविधान माथी चुनौती दिनु भनेको जनताको अधिकार कुण्ठित गर्न खोजेको पनि महामन्त्री थापाको जिकिर थियो।
नेपाली काङ्ग्रेस नवलपुरका सभापति समेत रहनु भएका गण्डकी प्रदेश सरकारको कृषि भुमि व्यवस्थापन मन्त्री महेन्द्रध्वज जि.सी. को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले त्रिवेणी दुम्किबास सडकलाई आफ्नै कार्यकालमा पूरा गर्ने अठोट गर्दै उक्त सडक खण्ड निर्माण गर्ने गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको धारणा राख्नुभयो।

सो अवसरमा गण्डकी प्रदेश सरकारको उर्जा, खानेपानी तथा जलस्रोत मन्त्री सरस्वती तिवारी,नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा,संघिय साङ्सद विनोद कुमार चौधरी लगायतले प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी संगठनमा उच्च योगदान पुर्याउने ८० व्यक्तिहरुलाई कदरपत्र सहित सम्मान गरिएको कार्यवाहक सभापती चन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

