२८ पुस / बाँके । चेतन मानन्धरको हत्याका दुई जना फरार अभियुक्त पक्राउ भएका छन । उक्त हत्यामा संलग्न थप दुई जना हरि वली र विवाद पाठक पक्राउ परेका बाँके प्रहरीले जनाएको हो । २०७२ साल, असार २८ गते दिउँसो ३ बजेको समयमा नेपालगंज उप-माहनगरपालिका वडा नं.१६ हाल नेपालगंज १२ सुर्खेत रोडमा नेपालगंज ८ का २८ वर्षिय चेतन मानन्धरको हत्या गरिएको थियो । पुर्व रिसीईवीका कारण धारिलो हरियार (खुडा) प्रहार गरि उनलो हत्या गरिएको थियो । उनको हत्याको घटनामा संलग्न रहेका दोषीहरुलाई सम्मानित उच्च अदालत तुल्सीपुर नेपालगंज ईजलाशको मिति २०७६।१०।२८ गतेको आदेशले जन्म कैद सुनाएको थियो । सजाय पाएका फरार केही अभियुक्तहरु नेपालगंज एरियामा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएका विशेष टोलीले उनीहरुलाई खोजतलास गरि पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गर्न प्रहरीले विशेष टोली गठन गरेर परिचालन गरेको जनाएको हो । उक्त टोलीले सोमबार १९:३० बजेको समयमा नेपालगन्ज २ सुर्खेत रोड स्थित नेपालगन्ज १८ का हरि वली र ३१ वर्षिय विवाद पाठकलाई पक्राउ गरेको थियो । प्रहरीले घटनाको कारणहरु जनाएको छ : – मृतक र प्रतिबादीहरु नेपालगंज लगायत बाँकेमा हुने ठेक्का पट्टा, व्यवसायीहरुबाट असुल्ने रकमको विषयमा विवाद भई पुर्व रिसीईवी रहेको थियो । – सोही कारण हत्याका मृख्य योजनाकार बाँकेको साविक नेपालगंज ५ वस्ने योग ढकाल भन्ने रिगल ढकालले आफन्ना साथीहरु (प्रतिवादीहरू) लाई चेतन मानन्धरलाई मार्नु पर्छ भनि गोप्य रुपमा योजना बनाएकस थिए । – मिति २०७२।०३।२८ गते मृतक चेतन मानन्धर नेपालगंज सुर्खेत रोड स्थित होटल स्वस्तिक होटल नजिक एक्लै रहेको अवस्थामा मृतकलाई खुडा/खुकुरी, प्रहार गरि कर्तवय गरि मारेका थिए । घटनमा संलग्न व्यक्तिहरु : १. नेपालगन्ज उपमहानगरपालिका वडा नं.५ का भैरब बहादर ढकालको छोरा रिगल ढकाल (हाल कारागारमा) २. नेपालगन्ज उपमहानगरपालिका वडा नं.५का प्रकाश सिंह ढकालको छोरा सोहन सिंह ढकाल (हाल कारागारमा) ३. नेपालगन्ज उपमहानगरपालिका वडा नं.१२ का श्यामलाल नेपालीको छोरा माधव परियार (हाल कारागारमा) ४. नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ का सेत बहादुर मल्लको छोरा दिपेन्द्र मल्ल ( हाल कारागारमा) ५. नेपालगन्ज उपमहानगरपालिका साविक माहदेवपुरी ४ वस्ने जगदिश खत्रीको छोरा नवराज खत्री (हाल कारागारमा) ६. नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ वस्ने पल बहादुर खत्रीको छोरा प्रेम ध्वज खत्री (हाल कारागारमा) ७. नेपालगन्जका दयाराम खड्काको छोरा मोहल लाल खड्का (हाल कारागारमा) ८. नेपालगन्जका ज्ञान बहादुर वस्नेतको छोरा छविलाल वस्नेत (हाल कारागारमा) ९. नेपालगंज उपमहानगरपालिका ५ का प्रेम बहादुर थापाको छोरा प्रितम थापा ( हाल कारगारमा) १०. नेपालगन्ज उपमहानगरपालिका ५ का प्रकाश कुमार पठाकको छोरा विवाद पाठक (पक्राउ) ११. नेपालगन्ज उपमहानगरपालिका ५ का वाल सिंह वलीको छोरा हरी वली (पक्राउ) १२ नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० वस्ने खगे बुढा मगरको छोरा याम बहादुर बुढा मगर (फरार) १३. नेपालगन्ज उपमहानगरपालिका २० साविक महादेवपुरी २ वस्ने विरवल रोका क्षेत्रीको छोरा केशव बहादुर रोकाय (फरार) १४. नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ वस्ने भेषराज चौलागाईको छोरा मनिष चौलागाई (फरार न्युजल्याण्डमा रहेको) १५. कोहलपुर न.पा.३ वस्ने दिपक के.सी.( रु २० जरिवाना भई जरिवाना तिरेको) बाँके प्रहरी अनुसार सो घटनमा संलग्न १५ जना मध्ये हाल १२ जना पक्रउ परि सकेको छ । ती ९ जना कारागरामा रहेका छन । अझ ३ जना फरार रहेका छन जस मध्ये १ जना विदेशमा रहेका छन । उनलाई नेपालमा ल्याउने तर्फ ईन्टरपोल मार्फत पत्राचार भएको हो भने बाँकी २ जनाको खोजलतास कार्य जारीरहेको जिल्ला प्रहरी प्रमुख ओम बहादुर रानाले बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।