Rashtriya Dainik

सुस्ताकाे ठाडीघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन , कुस्तीमा भारतकाे पहलवान प्रथम

संजय कुशवाहा / नवलपरासी , ११ मंसिर

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वडा न.५ पक्लिहवाको ठाढीघाट (अनाेमाघाट )मा संचालन गरिएको मेला सोमबार सम्पन्न भएको छ ।

मेलाका बिशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम विजेता भारत केशरी रामेश्वर पहलवान विजेता बनेका हुन , भने द्धितिय भारतको हरियाणा बस्ने राहिल पहलवान विजेता भएका छन । त्यस्तै तृतीय स्थान भारतको महराजगंज जिल्लाका बृजेश पहलवानले हाथ पारेका छन ।

प्रथम हुने पहलवानलाई एक मुस्ट ३२ हजार नगद ,द्धितिय हुनेलाई २० हजार नगद र तृतीय हुनेलाई एक मुस्ट १० हजार नगद प्रदान गरिएको थियो । बिराट कुश्ती दंगल प्रतियोगितामा कुल २२ जोडी पहलवान प्रतिष्पर्धा गरेका थिए ।

सुस्ता गाउँपालिका वडा नम्बर ५ वडा अध्यक्ष प्रभु यादवको अध्यक्षतामा भएको कुस्ती प्रतियोगिता लुम्बिनी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य देवकरण कलवार (सन्तु ) को प्रमुख अथित्यता रहेको थियो ।

सो अवसरमा सुस्ता गाउँपालिका प्रमुख टेकनराण पाण्डे , समाज सेवी ओम प्रकाश जयसवाल,संजित शर्मा ,रवीन्द्र जयसवाल, कनहिया हरिजन,भरत भुवाल चौहान ,नन्दकिशोर कुशवाहा ,संतोष यादव लागायतको उपस्थिती रहेको थियो।

आउने दिनमा ठाडिघाट धाम मेलालाई अझै ब्यवथस्थित बनाउनु पर्नेमा प्रदेश सभा सदस्य कलवारले जोड दिनु भएको थियो ।

एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणीनदिको किनारमा कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल भारत र बिहारबाट करिब १ लाख भन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समिति ठाडि घाटले दावी गरेको छ ।

नारायणी नदिमा स्नान र स्नान पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित