दोरेन्द्र खड्का / बझाङ बझाङमा मन्त्री गणेश ठगुन्नालाई कालाे झण्डाले स्वागत गरिएको छ । यतिबेला देशमा नेपाल कम्युनिस्ट पाटी नेकपामा दुई धार देखापरे पछि बझाङमा दुवै पक्षले कार्यक्रम गर्दै अाएकाे छन । प्रधानमन्त्री केपिशर्मा अाेलीले सँसद विघटन गरेपछि माधव प्रचण्ड पक्षधर कार्यक्रताहरु सरकार विरुद्ध निरन्तर अान्दाेलन गर्दै अाएकाे पाईन्छ । बझाङ जिल्लामा नेपाल कम्युनिस्ट पाटी नेकपाकाे केपी पक्षधरले अाज भव्य अामसभा राखेकाे हाे । अामसभामा अनेरास्ववियुका केन्द्रीय सँयाेजक तथा नेकपाका केन्द्रीय ऐन महर ,निवर्तमान सासद भैरव बहादुर सिह ,अफिलाल अाेखेडा,अान्नदलाल विक,दिल बहादुर भण्डारी ,जनक जाेशी लगाएतका नेताहरुले जिल्लामा अाएर अाज बृहत् अामसभा राखेकाे कार्यक्रमलाई सम्वाेधन गर्न मन्त्री गणेश ठगुन्ना बझाङ पुगेकाे हुन । अामसभा सम्वाेधन गर्न बझाङ पुगेका मन्त्री ठगुन्नालाई प्रचण्ड माधव समुहकाे अनेरास्ववियु र युवासँघ नेपालकाे सँयुक्त अायाेजना सिमखेतकाे पक्की पुल नजिक टाएर,र कालाे झण्डा देखाउदै स्वागत गरेको अनेरास्ववियु बझाङले बताएको छ । उनले मन्त्रीलाई कालाे झण्डा देखाउदै र सडकमा टायर बालेर म्यादी मन्त्री मुर्दावाद भन्दै जिल्ला प्रशासन सम्म नारा बाजि गरेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।