Rashtriya Dainik

लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ८० प्रतिशत बढी फेल

काठमाडौँ , १० मंसिर

नेपाल नर्सिङ परिषद्ले ३४औँ नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् ।

शनिवार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नर्सिङ पढाईको गुणस्तरमा प्रश्नचिह्न खडा गरेको छ ।

परीक्षा समितिकीका अनुसार पीसीएल नर्सिङतर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना अर्थात् १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।

यस्तै, शनिवार नै लिएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३) प्रतिशत उत्तीर्ण भएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित