Rashtriya Dainik

“बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तकको नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीद्वारा बिमोचन

काठमाडौं । ‘सुखी नेपाली र समृद्ध नेपालको श्रोत तथा सम्पदा पहिचानका साथ पौने ३ करोड जनताहरुमा उद्योग व्यवसायी चिन्तनको विकास गरौं । भन्ने मुल नाराको साथ सम्पदा अभियन्ता तथा नेकपा एमाले काठमाडौं जिल्ला सदस्य मनिराज डंगोलद्वारा लेखिएको “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तकको नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले शनिबार एक कार्यक्रमका बिच बिमोचन गर्नुभएको छ।

नेपाल कम्यूनिष्ट पार्टी एमालेद्वारा नेपाल सम्वत् ११४४ न्हुदँया भिन्तुनाको अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा उक्त पुस्तकको समेत बिमोचन गरिएको नेकपा नेकपा एमाले काठमाडौं जिल्ला सदस्य मनिराज डंगोलले बताउनुभयो ।


पुस्तकले मिसन २०८४ का लागि परम्परागत राजनीतिमा केही सुधार आवश्यक छ । तसर्थ केन्द्र देखि टोल संक्रिय दल सम्मको बैठकहरुमा श्रम संग जोडिएका सम्पदायुक्त समुदायको सम्मान र प्रोत्साहन ‘चौथो स ‘वारे प्रत्येक बैठकमा अनिवार्य छलफलको विषय बनाऔं । सम्पूर्ण विभागका एक(एक जना सदस्य रहेको ‘चौथो ‘स ‘कार्यान्वयन तथा अनगमन केन्द्रीय आयोग गठन गरौं र मातहतका सबै कमिटीहरुमा अन्तरपाटी निर्देशन ९अपानी० जारी गरौं। भन्ने कितावले संगठनात्मक कार्यन्वयनमा जोड दिन दिशानिर्देश गरेको छ। पुस्तकमा बुद्धको कर्मवादसंग सम्बन्धित दर्शन देखि परंपरागत राजनिती नै समृद्धिको बाधक र उद्योग व्यवसायीको चिन्तन लागयत मुल विषय बनाएर मिहिन ढंगले लेखक मनिराज डंगोलले केलाएका छन् ।


नेपाल सम्वत् ११४४ न्हुदँया भिन्तुनाको अवसरमा भएको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,नेकपा एमालेका महासचिव शंकर पोखरेल , नेकपा एमालेका नेताहरु अष्टलक्ष्मी शाक्य ,सुरेन्द्र पाण्डे ,विष्णु पौडेल ,युवराज ज्ञवाली, प्रदिप ज्ञवाली , पृथ्वी सुब्बा गुरुङ ,विष्णु रिमाल , भिम रावल, रामेश्वर फुयाल ,कृष्ण राई ,नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला लगायतको उपस्थिति थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित