Rashtriya Dainik

बृजाभार गायक सलिम मिया( ढोडा )लाई काठमाडौंमा सम्मानित

राजन कुमार बानिया/ पर्सा ,१० मंसिर

२३ औं पर्सा दिवसको अवसरमा पर्सा मिलन केन्द्र काठमाडौंको अायोजनामा सम्मानिय उपराष्टपति रामसहाय यादवको प्रमुख अतिथ्यमा र माननीय उधोग बाणिज्य तथा अापुर्ती मन्त्री रमेश रिजालको विशेष उपस्थितमा नेपाललाई चिनाउने सोरठी बृजाभार कहानीलाई भोजपुरी लोक जगतको संस्कृतिक धरोहर मान्दै पर्साको धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुर गाउँ निवासी सलिम मियाँ ,उर्फ ढोडा लाई कदरपत्र प्रदान गर्दै सम्मानित गरेका छन।

ललितपुरको जावलाखेल स्थिति बुद्ध हल, डि.ए.भि. कम्प्लेक्समा आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा भोजपुरी भाषालाई देश बिदेशमा सोरठी बृजाभारको माध्यमबाट पुर्याएको योगदानको कदर गरि उपराष्टपति यादव र मन्त्री रिजालले सम्मानित गरेका छन।

सलिम मियाँ ,ढोडा ले विगत ५५ वर्ष देखि पर्सा जिल्ला लगायत नेपालका नाउँ देश बिदेश चिनाउन सफल भएकोले उक्त भोजपुरी सुपरस्टार बृजाभार गायकलाई कदर गरि सम्मानित गरिको थियो।

भोजपुरी बृजाभार गायक ढोडाको अडियो भिडियो गित समेत अाएको छ। २३ औं पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रम को अध्यक्षता पर्सा मिलन केन्द्रको अध्यक्ष उमेश गुप्ता रौनियारको अध्यक्षता, सम्पन्न भएको थियो।कार्यक्रम जिल्लाको संघीय सांसद , प्रदेश सांसदहरु , गाउँपालिका प्रमुख लगायत पर्सा जिल्लाको कर्मचारी , सामाजिक सेवामा लागेको व्यक्तिहरुको उपस्थित रहेकोे थियो।

कार्यक्रमको संचालन पर्सा मिलन केन्द्र , काठमाडौंको महासचिव ललन प्रसाद साह र प्रतीमा चौधरी ले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित