Rashtriya Dainik

नवलपरासीको रामग्राम स्तुप क्षेत्रको उत्खननमा भेटियो प्राचिन पोखरी र विहार

नवलपरासी , १० मंसिर ।

पश्चिम नवलपरासीको रामग्राम स्तुप क्षेत्र उत्खननमा पोखरी विहारको संरचना भेटिएका छन् ।
शान्तीका अग्रदुत गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तुपमा करिब एक महिनादेखि भैरहेको उत्खननमा प्राचिन पोखरी र विहारको संरचना भेटिएको छ ।

दुई दशक पछि रामग्राम स्तुप क्षेत्रमा भैरहेको उत्खननमा स्तुपको उत्तरपट्टी चौरमा २५÷४० मिटरको प्राचिन पोखरी र ३०÷६० विहारको संरचना भेटिएको आज आयोजित पत्रकार सम्मेलनमा दुराहम विश्वविद्यालय बेलायतका प्रोफेसर पुरातत्व विद रबिन कनिन्गमले जानकारी दिनु भयो ।


सन २०१८ मा रामग्राम स्तुप क्षेत्रमा पुरातत्व विज्ञहरुद्धारा गरिएको भु–भौतिक सर्वेक्षणमा स्तुपको उत्तरपटि चौरमा एक २५÷४० मिटरको पोखरी र ३०÷६० विहारको संरचना भेटिएकाले उक्त संरचनाहरुको पहिचानका लागि नोभेम्बर १ तारिख अर्थात कार्तिक १५ गतेदखि शुरु भएको उत्खननमा उक्त पोखरी र ठुलो मात्रामा विहारको संरचना भेटिएको प्रोफेसर कनिन्गमले सम्मेलन मार्फत जानकारी दिनु भयो ।

रामग्राम स्तुप नवलपरासी जिल्लाको रामग्राम ७ उजैनी गाउँमा अवस्थित छ । उक्त ठाउँमा शान्तीका अग्रदुत गौतम बुद्धको विश्वमा एक मात्र सुरक्षित अष्तिधातु रहेको स्तुप रहेको छ । स्तुपको वरपर रहेका प्राचिन संरचनाहरुको पहिचानका लागि युनेस्कोको समन्वयमा द ओरिएन्टल कल्चरल हेरिटेज साईट प्रोटेक्सन एलायन्सको आर्थिक सहयोग, पुरातत्व विभाग, लुम्बिनी विकास कोष, बेलायतको दुराहम विश्वविद्यालयका राष्ट्रिय तथा अन्तराष्ट्रि पुरातत्व विज्ञ टोलीहरुको संलग्नतामा यो उत्खनन कार्य भैरहेको पुरात्व विभागको प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिनु भयो । उहाँले यस करिब एक महिनाको उत्खननमा प्राचिन पोखरी र विहारको वालहरु सहित विभिन्न प्राचिन बस्तुहरु भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

पुरात्व विभागले यस क्षेत्रमा साईन्टिफिक सांस्कृतिक ईतिहास उजागर गर्ने उद्देश्य सहित यो उत्खनन कार्य गरेको आगामी दिनमा थप बजेट व्यवस्थापन गरि थप उख्नननका कार्य अगाडी बढाईने जानाएको छ । उत्खननमा भेटिएका बस्तुहरुको डटिङ्ग गरिने र कुन समयको हो भनि पहिचान गरिने छ । रामग्राम स्तुप शान्तीका अग्रदुत गौतम वुद्धको एक मात्र सिंगो अस्तुधातु रहेको स्थान हो ।
सन १८९८ मा एसियाटिक सोसाइटी अफ बेङ्गालका इतिहासकार डा. डब्लु होयेले रामग्राम स्तूप पत्ता लगाएका थिए । पछि सन १९६४ मा यो नै रामग्राम स्तूप हो भन्ने प्रमाणित भएको थियो । रामग्राम स्तुपमा शान्तीका अग्रदुत गौतम बुद्धको आठ ठाउँमा राखिएको अस्टधातु मध्ये विश्वमै एक मात्र सुरक्षित स्तुप हो । प्राचिन कोलिय राजाले बुद्धको अस्तु ल्याएर कोलिय गणराज्यको राजधानी रामग्राममा राखी स्तुप निर्माण गरेको ईतिहास छ । रामग्राम स्तुप इसापुर्व ५ सय बर्ष पुरानो अर्थात आजदेखी पच्चिस सय बर्ष पहिला कोलिय राजाद्धारा निर्मित स्तुप हो ।

शान्तिका अग्रदुत बुद्धको महापरिनिर्वाण पछि अन्त्येष्टि भयो र अन्त्येष्टि पछि बचेको अस्थि(अवशेष) ल्याएर अस्तु कलशमा राखेर बनाइएको स्तुप हो । कोलिय गणराज्यको राजधानीलाई रामग्राम पनि भनिन्थ्यो र रामग्रामका राजाले स्तुप बनाएका कारण यस्को नाम रामग्राम स्तुप भनिएको हो । रामग्राम स्तुपको खोजी गर्दा कोलिय राजधानी रामग्राम देखी चार माईल पुर्व र दक्षिण दिशामा रहेको भन्दै चिनियायात्रीको बर्णनको आधारमा रामग्राम स्तुप भेटिएको स्थानिय जानकार बेचु गौडले जानकारी दिनु भयो ।

अहिले रामग्राम स्तुप एक बगैचामा माटोको एक ठुलो ढिस्कोले चिनिने गरिन्छ । जुन रामग्राम स्तुपमा कुनै प्रकारको भौतिक पुर्वाधार निर्माण, संरक्षण तथा प्रचार प्रसारको कार्यहरु भएको छैन । स्तुप विकासका लागि लुम्बिनी विकास कोषले खासै चाँसो देखाएको छैन । यस उत्खनन कार्यले स्तुपको विकास हुनेमा नगरपालिका र स्थानियको आशा पलाएको छ ।
यता रामग्राम नगरपालिकाको नगर प्रमुख धनपत यादवले भविष्यमा विश्वसम्पदा सूचिमा सूचिकरणका लागि पनि यो अध्ययन उत्खनन महत्वपूर्ण रहेको जिकिर गर्नु भयो । पटक पटक यस क्षेत्रको उत्खननका लागि लुम्बिनी विकास कोषलाई ताकेदा गर्न पनि कुनै चाँसो नभएकाले पुरात्व विभाग संग समन्वयमा यो कार्य भैरहेको र थप उत्खननका लागि आवश्यक बजेट समेतको व्यवस्थापनमा पालिकाको सहयोग रहने नगर प्रमुख यादवले प्रतिबता जाहेर गर्नु भयो । उहाँले रामग्राम स्तुप विकासका हरपल तयार रहेको पनि जिकिर गर्नु भयो ।
उत्खनन भएको क्षेत्रलाई पुन पुरेर त्यस माथि सोही अनुसारको संरचना बनाएर त्यसको ईतिहास र पहिचान झल्काउने योजना पुरात्व विभागको रहेको विभागले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित