उमेश बि.क / नवलपरासी ,९ मंसिर
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।
‘लैौङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकाको लगानीमा एक्यवद्धता’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ ।

यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो ।
यसैगरी पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पनि लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानकाे आज एक कार्यक्रमबिच उदघाटन गरिएको छ।

सरावल गाउँपालिका स्तरीय महिला सन्जालकाे अध्यक्ष भिमकला भट्टराईकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यता एवं उपाध्यक्ष बासमति हरिजनकाे विशेष आतिथ्यतामा कार्यक्रम उदघाटन भएको हाे।

१६ दिने अभियानकाे कार्यक्रम उदघाटन गर्दै पालिका अध्यक्ष चाैधरीले सरावल गाउँपालिकामा पनि विभिन्न प्रकृतिका महिला हिंसा, बाल विवाह, बहुविवाह, छुवाछुत लगाएका हिंसाहरू हुन सक्छन् त्यस्ता प्रकृतिका हिंसाहरू हुन नदिन आम नागरिक सचेत हुनुपर्ने बताउनुभयो । समाजमा हुने गरेका महिला हिंसा सम्बन्धीका विभिन्न घटनाहरूको न्यूनीकरणमा विभिन्न सङ्घ संस्था नागरिक समाज, सञ्चार क्षेत्र लगायत सबैको सहयोग आवश्यक रहने समेत बताउनुभयो । यस्ता दिवसको प्रभावले गर्दा नै मानिसहरुमा जागरण आएको तथा त्यसबारे खुलेर बोल्न सक्ने भएको बताउनुभयो । लैंगिक रुपमा चाहे त्यो पुरुष होस् या महिला जो कसैलाई हुनुहुँदैन भन्ने बताउनुभयो । पुरुषको तुलनामा महिला नै बढि घरेलु, लैंगिक, शारीरिक, पारिवारिक, मानसिक र सामाजिक लगायतका हिंसा खेप्दै आएको वहाँले उल्लेख गर्नुभयो । तर अब भने महिला चुलो चौकोमा मात्रै सिमित नरहेर शिक्षित भएर सरकारको हरेक तह तप्का सम्म पुगेर देश र समाजका लागि योगदान पुयाउन जरुरी रहेको समेत पालिका अध्यक्ष चौधरीले बताउनुभयो ।समाजको सकारात्मक रुपान्तरणको लागि पालिका लागि परेको बताउदै सबैजना यश अभियानमा लाग्न अनुरोध समेत गर्नुभएको हाे।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले लैंगिक हिंसा न्युनिकरणको लागि समाजमा सवै क्षेत्रको प्रतिवद्धता रहनु पर्ने बताउनु भयो । महिला प्रतिको सम्मान नै समाजको सम्मान हो भन्ने चेतनालाई गाउँ समाजमा जागरण गराउनु पर्ने आवस्यकता भएको उहाँको भनाई रहेको थियो । महिला हिंसाका घटनाहरुको न्युनिकरणका लागि महिलाहरुले आफ्नो क्षमतामा अभिवृद्धि गर्नु पर्ने बताउदै आफ्नो सीप ज्ञान अनुसारको काम गर्दै अगाडी वढेमा कोही कसैवाट हिंसा हुने कुरामा कमि आउने उहाँको भनाई रहेको थियो । हिंसा अन्त्यका लागि सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको औंल्याउंदै हिंसा अन्तयको अभियानले तत्कालै नतिजा नदिएपनि विस्तारै यसको फलस्वरुप हिंसा न्यूनिकरणमा सरकार सफल हुने बताउनुभयो ।

कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर ५ वडा अध्यक्ष लक्षुमण चाैधरी , नेपाल रेडक्रस साेसाईटी स्वास्थ्य परियोजना अधिकृत अनुप खड्का , राष्ट्रिय दैनिककाे कार्यकारी निर्देशक उमेश बि.क , लुम्बिनी प्रदेश स्तरीय किशोर किशोरी सन्जल अध्यक्ष आरिफ अलि खाँ , सरावल गाउँपालिका स्तरीय किशोर किशोरी सन्जल अध्यक्ष सन्दिप बि.क लगाएतले अभियानका बेला मात्रै हिंसाको कुरा गर्ने प्रबृत्तीले हिंसा न्युनीकरण नहुने र यसका लागि सरकार, संघ संस्था तथा स्थानियहरु समेत जागरुप बन्नु पर्ने जाेड दिइएका थिए ।

सरावल गाउँपालिकाको आयोजना तथा एबिसि नेपाल , बेस नेपाल , असल छिमेकी , नेपाल रेडक्रस साेसाईटी CCBH , सरावल गाउँपालिका स्तरीय महिला सन्जालकाे समन्वय सहकार्यमा पालिकाका ७ वटै वडाहरुमा लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गरिने अध्यक्षकाे स्वकीय सचिव सन्जय माैर्यले जानकारी दिनुभएको हाे।
म हिंसा गर्दिन, म हिंसा सहन्न भन्ने प्रतिवद्धता संगै हस्ताक्षर कार्यक्रम र प्रतिबद्धता समेत गरिएको थियो ।
बेस नेपालकाे समाजिक परिचालिका राधा पन्जियारकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन पालिका अध्यक्ष चाैधरीकाे स्वकीय सचिव सन्जय माैर्यले सन्चालन गर्नुभएको थियो ।

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।
नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि विसं २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

