Rashtriya Dainik

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३९ जना घाइते

उदयपुर ,९ मंसिर –

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३९ जना घाइते भएका छन् ।

त्रियुगाको अन्नपूर्ण सेकेन्डरी स्कुलको बस उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ मा पल्टिँदा ३९ जना घाइते भएको र सबैलाइ उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

अभिभावक र विद्यार्थीहरु बनभोज खाएर फर्कँदै गर्दा बस पल्टिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित