सियारिको पश्चिम् अमवा स्वास्थ्य चौकिमा कोभिड-१९ अस्थायी अस्पताल उदघाटन

तुलसी राम पौडेल / सियारी, पौष २८

रुपन्देहीको सियारी गाउपालिकाको वाड नम्बर -७ पश्चिम् अमवा स्थित अमवा स्वास्थ्य चौकिमा कोभिड -१९ अस्थायी अस्पतालको उदघाटन भएको छ।
सियारी गाउपालिका वासी तथा छिमेकी स्थानीय निकायका नागरिक समेत उक्त अस्पतालबाट लाभान्वित हुनेछन् । कोभिड अस्पताल भनिए पनि कोभिडको साथ साथै नागरिकका स्वास्थ्य सम्बन्धि अन्य प्रमुख समस्याहरू पनि समाधान हुनेछन् ।उक्त अस्पतालमा एक जना डाक्टर ,दुइ जना स्टाफ नर्स ,बाकी मौजुदा स्वास्थ्यकर्मीहरुबाट स्वास्थ सेवा संचालित गरिने सियारी गाउपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले जानकारी दिनु भयो ।
सियारी गाउँ पालिका अध्यक्ष अयोध्या थारुले उक्त अस्पतालको सोमबार उदघाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै उहाले मानिसको जिवनमा स्वास्थ्य नै प्रमुख भएकोले सियारी गाउपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनु भयो ।
रोग लागेर उपचार गर्न भन्दा रोग लाग्ने बाटो रोक्न
सियारी गाउपालिकाले जगत जननी कार्यक्रम ल्याएको बताउनु भयो ।जेष्ठ नागरिक ,गर्भवती तथा सुत्केरी महिलाको गाउपालिकाले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको अध्यक्ष अयोध्याले बताउनु भयो ।सियारीका नागरिकको स्वास्थ्य सेवाको लागि गाउपालिकाले गर्नुपर्ने भुमिकामा गाउपालिका सक्रिय रहने बताउनु भयो ।सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले स्वास्थ्यकर्मीहरुले अत्यन्त नम्रता व्यबहारबाट नागरिक सग सम्बन्ध राखी मुस्कान सहित स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गर्नु भयो ।

डा . सागर न्यौपानेले जनमानसमा कोभिड नभएको जस्तो व्यवहार देखिएको छ त्यस प्रती सचेत हुनुपर्ने बताउनु भयो।उहाले भन्नुभयो ” कोभिड हराएको छैन स्वास्थ्य सचेतना हुन जरुरी छ ।” हामिले जीवन शैलीमा परिवर्तन ल्याउन सके कोभिड मात्र होइन अन्य रोगहरुले पनि आक्रमण गर्न नसक्ने बताउनु भयो । समयमा खाने, समयमा सुत्ने , सन्तुलित भोजन खाने , शरिरलाइ हानिकारक चिजहरु सेवन नगर्ने लगायतका कुराहरू प्रमुख भएकोले यसप्रती सचेतना हुन जरुरी भएको डाक्टर न्यौपानेको भनाइ रहेको छ।सियारी गाउपालिका प्रमुख प्रशासकिय अधिकृत मिन प्रसाद भट्टराईले नागरिकको स्वास्थ्य सेवाको राम्रो सुविधाको लागि सियारी गाउपालिकाको सहयोगमा कुनै कसर नराख्ने बताउनु भयो ।
सियारी गाउपालिका वाड नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङले मुस्कान सहितको स्वास्थ्य सेवा प्रदान हुनुपर्नेमा जोड दिनु भयो ।कार्यक्रममा गाउपालिका अन्तरगतका जनप्रतिनिधिहरु ,स्वास्थ्य सस्था प्रमुखहरु , स्वास्थ्य कर्मी ,स्थानीय सरोकार वलाहरु लगायतको उपस्थिति रहेको थियोे ।
अमवा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा सियारी गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारिको अध्यक्षता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, उपाध्यक्ष अमृता गुरुङ ,डा . सागर न्यौपाने को विशिस्ट आतिथ्यता, गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई ,लेखा अधिकृत नारायण प्रसाद पौडेल लगायतको आतिथ्यमा, अमवा स्वास्थ्य चौकी व्यवस्थापन समिती सदस्य चिरञ्जीवी अधिकारिको स्वागत मन्तव्य ,स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीबाट कोभिड अस्पताल सम्बन्धि जानकारी रहेकोे कार्यक्रमको संचालन अमवा स्वास्थ्यचौकी प्रमुख लक्ष्मी घिमिरेले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot