श्री कृष्ण पौडेल / शुद्दोधन सियारी ,मंसिर ८
रुपन्देहीको शुद्दोधन गाउँपालिका -५ मानपकडी सितलपाटी स्थित प्राचीन दरवाह भुवनेश्वरी कोटही माइ मन्दिरमा मंसिर १० गतेदेखि मंसिर १६ गतेसम्म दरवाह मेला लाग्ने भएको छ।प्राचीनकालदेखि हरेक कार्तिक पुर्णिामाको शुभ अवसरमा संचालन हुँदै आएको दरवाह मेलालाई निरन्तरता स्वरुप यस बर्ष पनि कार्तिक पूर्णिमाको शुभ अवसरमा दरवाह मेला व्यवस्थापन समितिको आयोजनामा मंसिर १० गतेदेखि मन्सिर १६ गतेसम्म मेला लाग्ने कुरा बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिइएको थियोे । मेलाको पाचै दिन रात्रि ड्रामा नाच ,दिउँसो विभिन्न सास्कृतिक झल्कने स्थानीय तथा रास्टिय कलाकारको प्रस्तुति रहने आयोजकले बताएका छन । मेलामा छिमेकी रास्ट भारतको गोरखपुर, ,महाराजगन्ज , नौतनहवा , हरियाणा लगायतका ठाउँबाट समेत हजारौं संख्यामा मेला अवलोकन गर्न तथा दरवाह कोटही माइको दर्शन गर्न आउने मेला व्यवस्थापन समितिका कोषाध्यक्ष विपिन कुर्मिले जानकारी दिनुभयो ।
हरेक बर्ष संचालन गरिने दरवाह मेलाले दरवाह भुवनेस्वरी कोटही माइ प्रसन्न हुने र यस क्षेत्रमा महामारी ,रोग शोकबाट बचाउने पौराणिक धार्मिक मान्यता रहेको दरवाह मेला व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र प्रसाद थारु , मन्दिरका अध्यक्ष मानबहादुर बुढाथोकी ,पुजारी कोमलप्रसाद अधिकारी लगायतले पत्रकार सम्मेलनमा बताउनु भएको थियोे । मेलामा ५०० स्टल रहने र मेला अवलोकनको लागि ५ लाख दर्शक आउने अपेक्षा गरिएको मेला व्यवस्थापन समितिका कोषाध्यक्ष विपिन कुर्मिले बताउनु भयो । मंसिर १० गते मेलाको उद्द्घाटन लुम्बिनी प्रदेश गृहमन्त्री सन्तोष पाण्डेयले गर्नुहुने मेला आयोजकले जानकारी दिएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

