आरपि उपाध्याय / नवलपरासी , ८ मंसिर
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिकाको दुम्किबासमा आयोजित एक कार्यक्रमका वक्ताहरुले पुर्व पश्चिम राजमार्गको बर्दघाट दाउन्ने सडक खण्डमा यात्रा गर्दा हदै सम्मको सास्ती भोग्नु परेको बताएका छन।
उनीहरुले विनयी त्रिवेणी ७ को गण्डक ब्यारेज नाका र आसपासका ईलाकामा लागू औषध खाने र केहिले लुकाइछिपाइ ल्याउने गरेकोमा सुरक्षा चेकजाँच फितिलो भएको बताउदै ईलाका प्रहरी कार्यालय त्रिवेणीको क्षमता वृद्धिका साथै जनशक्ति थपिनु पर्ने कुरा माग गरेका थिए।

जिल्ला प्रशासन कार्यालय नवलपुरको आयोजना तथा जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीको संयोजनमा अपराध न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त धारणा राखेका हुन।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सुझाव दिनेहरुले दुम्किबास कावासोती खण्डमा पटकपटक सवारी चेकजाँच गरेर सुरक्षा कर्मीले यात्रु वर्गलाई हदैसम्मको दु:ख दिएको बताउदै नागरिकता र राहदानी जस्तो जनसरोकारको काममा सरल र सहज नीति अपनाउन जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएका थिए।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष घनश्याम गिरीले सामाजिक सद्भाव कायम गरि अगाडी बढिएमा सम्मुनत समाज निर्माण गर्न सकिने धारणा राख्दै भौगोलिक विकटतामा परेका सेवाग्राहीहरुलाई प्रशासनिक सेवा दिदा पहिलो प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले उपस्थित सहभागीले उठान गरेका जिज्ञासा बारे शान्ती सुरक्षालाई अझ बढी भरपर्दो र विश्वासनिय रुपमा लागू गर्न प्रहरी निकाय प्रतिबद्ध रहेको बताउदै कुनैपनी अपराध नियन्त्रण गर्न प्रहरी जनशक्ति तदारुकताका साथ लागिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक पदमराज थापाले विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत गत र चालू आ.व. मा घटेका अपराध,सडक दुर्घटनाको विवरण जानकारी गराउदै न्यूनीकरणका लागि गरिएका प्रयास लगायत विषयवस्तु प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा विनयी त्रिवेणी १ का वडा अध्यक्ष दिपक पौडेल,वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाह लगायतले पनि आफ्नो भनाइ प्रस्तुत गर्नुभएको जानकारी प्राप्त भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

