Rashtriya Dainik

नवलपरासीको पाल्हिनन्दनमा भेडा दंगल प्रतियोगिता

उमेश बि.क / नवलपरासी , ७ मंसिर

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ६ मा भेडा ढंगल प्रतियोगिता सम्पन्न भएको छ।

विगत बर्ष देखी छठ पर्वकाे अवसरमा हुदै आएकाे भेडाकाे ढंगल प्रतियोगीता यस बर्ष पनि भएकाे हाे ।

पाल्हिनन्दन गाउँपालिका र वडा नम्बर ६ काे सहयोगमा तथा पडरी छठ पुजा समितिकाे आयाेजनामा ब्यास मुनि प्रसाद चौधरीकाे अध्यक्षता तथा पुर्व स्थानीय विकास राज्य मन्त्री घनश्याम यादवकाे प्रमुख आतिथ्यता एवं पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)काे विशेष आतिथ्यता प्रतियोगीता सम्पन्न भएको हाे।

प्रतियाेगितामा नेपाल र भारतका भेडाहरु भाग लिएकाे पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिनुभएको हाे।

दंगलमा रुपन्देही, कपिलवस्तु, नवलपरासी र भारतको महाराजगंज, संतकबिरनगर, सिसवा लगायतका स्थानबाट आएका भेडाहरु सहभागि भएकाे सन्दिप कुमार यादवले जानकारी दिनुभयो ।

प्रतियोगितामा पाल्हीनन्दन ६ पडरीका प्रदिप यादवकाे जय माँ कोटही जिल्ला नवलपरासी नामक भेडा प्रथम भएको हाे । त्यस्तै मर्चावार निवासी विकास यादवको भेडा द्धितिय ,तृतीय पडरी निवासी शिव कुमार यादवको भेडा , सान्त्वना समरु यादवको भेडा र सान्त्वनामै भारत महाराजगंज निवासी राजिन्द्र यादवको भेडा भएको हाे।

प्रतियोगितामा प्रथम पुरस्कार साइकल , द्वितीय पुरस्कार स्टेन्ड पंखा , तृतीय पुरस्कार माेबाईल र सन्तावना पुरस्कारमा देवाल घडी र नगद राशि समेत प्रदान गरिएकाे थियाे ।

भेडा ढंगल प्रतियोगितामा पाल्हिनन्दन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, नेकपा माओवादी केन्द्र पाल्हीनन्दन गाउँपालिका अध्यक्ष सुरेश गुप्ता, ३ नं. वडा अध्यक्ष गोधन हरिजन, ५ नं. वडा अध्यक्ष दयाशंकर त्रिपाठी, ६ नं. वडा अध्यक्ष कृष्ण चन्द्र यादव र अखिलेश कुमार यादव लगायतकाे बिशेष उपस्थिति रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित