बझाङ / २७ पुस बझाङको केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष निशा धामीले आफनै सहयोगमा शारीरिक रुपमा अशक्त भएका वृद्ध परिवारलाई राहत वितरण गरेकी छिन । शुक्रवार केदारस्युँ गाउँपालिका-१ का ८५ वर्षिया गम्भीरे नेपालीको निवासमै पुगी खाद्यान्न स्वस्प चामल, दाल, तेल, नुन, साबुन, सिरक र न्यानो कपडा वितरण गरेकी हुन् । गम्भीरे नेपालीको सम्पत्तिको नाममा बस्नलाई आफ्नो घरसमेत छैन । परिवारमा छोरा भुमि बाहेक बुहारी र दुई नाति शारीरिक रुपमा अशक्त छन् । बिहान बेलुका माग्नुको विकल्प छैन । थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय लगायतले अपांग परिवारबारे स्थलगत अनुगमन गरेर राहत वितरण गरेका थिए । केहि समय अगाडी गम्भीरे नेपालीको अबस्थाका विषयमा संचारमाध्यममा समाचार आएपछि बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीलेसमेत चासो राखेका थिए । विदेशका युवाले समेत सहयोग संकलन गरिरहेका छन् । केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष निशा धामीले भनिन् “बस्ने बाँससमेत नभएका भुमीहिन परिवारको अवस्था नाजुक देखिएपछि जाडोमा न्यानो कपडा स्वस्प राहत वितरण गरेको हुँ ।” उपाध्यक्ष धामीले भूमीहिनको लागि बासको वन्दोवस्त गर्न घरसमेत बनाउने कार्यमा आफू जुटेको बताइन । साथै पालिकाको तर्फको गर्न सकिने आवश्यक सहयोगको लागि पनि पहल गर्ने उपाध्यक्ष धामीले बताइन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।