Rashtriya Dainik

पार्टी भित्र मौलाएको नातावाद, कृपावाद र आफन्तवा त्याग्नुपर्छ : महामन्त्री थापा

आरपि उपाध्याय / नवलपरासी , ७ मंसिर

नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले काङ्ग्रेस पार्टी भित्र मौलाएको नातावाद, कृपावाद र आफन्तवाद जस्ता क्रियाकलाप त्याग्नुपर्ने बताउनु भएको छ।

महामन्त्री थापाले ठूलो राजनिती शक्तिको रुपमा रहेको नेपाली काङ्ग्रेस तेस्रो ठूलो शक्ति सङ्ग मिलेर सरकार बनाएको पीडा असहय रहेको बताउदै २०८४ सालको संघीय निर्वाचनको परिणाम जे जस्तो आएपनी नेपाली काङ्ग्रेस एक्लै निर्वाचनमा जाने जिकिर गर्दै काङ्ग्रेसको तल्लो तहको कार्यकर्ताको इक्षाशक्ती बलियो र उर्जावान भएकै कारण पार्टी अहिले पनि लक्ष्य तर्फ बढेको धारणा राख्नुभयो।

नेपाली काङ्ग्रेस नवलपुर क्षेत्र न. २ को क्षेत्रीय सम्मेलनलाई नवलपुरको डण्डामा सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी संगठनलाई बलियो बनाउन पटकपटक अवसर पाएकाहरुलाई थप जिम्मेवारी नदिने गरि अवसर नपाएका पार्टीको विभिन्न तहमा रहेको नेताकार्यकर्तालाई अवसर दिने किसिमको नीति बनाउन पार्टीले आवश्यक परे विधान संसोधन गरेर भएपनी अगाडी बढ्नुपर्ने कुरा औल्याउँदै सबै नेताकार्यकर्ताले गुट उपगुटबाट मुक्त भएर नीति र सिद्धान्त केन्द्रित कार्य गर्न सबै नेताकार्यकर्तालाई निर्देशन दिनुभयो।

सो अवसरमा गण्डकी प्रदेश सरकारको उर्जा,खानेपानी तथा जलस्रोत मन्त्री एवं नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य सरस्वती तिवारी,नेपाली काङ्ग्रेस नवलपरासीका सभापति समेत रहनुभएका गण्डकी प्रदेश सरकार कै कृषि भुमि तथा व्यवस्थापन मन्त्री महेन्द्रध्वज जि.सी. ले पनि क्षेत्रीय भेलालाई सम्बोधन गर्नुभएको थियो।

क्षेत्रीय सभापति जगत बहादुर कार्कीको अध्यक्षतामा आयोजित क्षेत्रीय भेलामा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजयबाबु सिवाकोटी र सितादेवी पाण्डे, नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने,क्षेत्रीय सहसंयोजक सुर्य गुरुङ्ग लगायतले क्षेत्रीय भेलामा आफ्नो भनाइ राख्नुभएको क्षेत्रीय सचिव राजु पाण्डेले जानकारी दिनुभएको छ।

क्षेत्रीय भेलामा क्षेत्रीय प्रतिनिधि भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरु र अन्य सर्वसाधारणहरुको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित