Rashtriya Dainik

सिरहामा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गयाे, एक जना घाइते

सिरहा – मंसिर ७
सिरहा नगरपालिका–१९ सन्हैठामा बुधवार हिजाे दुई वटा मोटरसाइकल ठाेक्किँदा तीन जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

स २ प ४५३१ र ‍प्रदेश २–०१–००१ प १८५० नम्बरका मोटरसाइकल ठाेक्किँदा सिरहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहकाे ज्यान गएकाे हाे ।

दुवै माेटरसाइकलका चालकले हेलमेट नलगाएका पाइएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गए राति नै विराटनगर लगिएको जानकारी दिनुभयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित