आरपि उपाध्याय / नवलपरासी ,६ मं
पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका १ महेशपुर स्थित दशगजा क्षेत्रमा दुई देशका सुरक्षा निकायबाट सरसफाइ अभियान सम्पन्न भएको छ।
सिमावर्ती भारत,महाराजगन्ज, ठुटिबारी स्थित नेपाल भारत प्रवेशद्वार नजिक सिमानाकाको दशगजा क्षेत्रमा छरिएर रहेको फोहोरमैलालाई व्यवस्थापन कार्यका लागि दुई देशका सुरक्षा निकाय जुटेको सशस्त्र प्रहरी बल २६ न. गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक धिरेन्द्रराज न्यौपानेले जानकारी दिनुभएको छ।

नेपाल भारत सिमा क्षेत्रमा तैनाथ सुरक्षा कर्मीबाट दशगजा क्षेत्रमा रहेको फोहोरमैला लगायतको प्लास्टिक जन्य सामाग्री र झारपात संकलन गरि आगो लगाइएको तथा झारपात र बुट्ट्याङ काटेर सफाइ गरिएको बताइएको छ।
सरसफाइ कार्यक्रममा नेपाल तर्फबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक बिकास भुजेल, इ.प्र.का. महेशपुरबाट प्रहरी नायब निरीक्षक बासुदेव ओली र भारतिय सिमा सुरक्षा बल (SSB) ठुटीबारीका इन्सपेक्टर पुनम देवीको नेतृत्वमा खटेका संयुक्त सुरक्षा निकायबाट सफाइ कार्यक्रम गरिएको हो।
सो अवसरमा पाल्हीनन्दन गाउँपालिका वडा न. १,२,३ का वडा अध्यक्ष सहित अन्य सर्वसाधारणहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।
त्यसैगरी पश्चिम नवलपरासीकै बलीनगर, भुजहवा र गुठीप्रसौनी स्थित नेपाल भारत अन्तर्राष्ट्रिय सिमा नाकामा पनि दुई देशका सुरक्षा निकायबाट सफाइ अभियान गरिएको जानकारी प्राप्त भएको छ।

नेपाल भारतको दशगजा क्षेत्रमा दुई देशका सुरक्षा निकायबाट गरिएको संयुक्त सफाइ अभियानले आपसी सम्बन्ध अझ बढि बलियो हुने विश्वास गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

