राष्ट्रिय दैनिक / नवलपरासी , ६ मंसिर
पश्चिम नवलपरासीको सरावल गाउँपालिका ३ सरावलमा U-18 प्रथम खुल्ला नकाउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

सरावल गाउँपालिका र वडा नम्बर ३ काे सहयोग तथा काेपिला बाल क्लबकाे आयाेजनामा U-18 प्रथम खुल्ला नकाउट फुटबल प्रतियोगिता मंगलबार एक कार्यक्रमबिच सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले पुरस्कार वितरण गर्नुभएको हाे।

क्लबकाे अध्यक्ष दामाेदर यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको खेलकुदलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले बालबालिका देशकाे कर्णधार भएको र आज नेतृत्व गर्ने क्षमता बालबालिकामा भएको बताउनुभयो । काेपिला बालक्लबलाई सुरुवात देखि आफुले सहयोग गरेको बताउदै बालबालिकाहरु यसरी अगाडि बढिरहेको याे सरावलकाे बिकास भइरहेको बताउनुभयो । सरावल खेलकुद जगतमा अगाडि रहेको बताउदै याे प्रांगण खेलकुद उत्पादन गर्ने थलो भएको बताउदै खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हाे ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले खेलकुद स्वास्थ्यकाे लागि र राष्ट्रकाे लागि महत्त्वपूर्ण रहेकोले बालबालिकाहरु यश खेलकाे सुरुवात गरेको महत्त्वपूर्ण कार्य रहेको बताउनुभयो । बालबालिकाले खेलकुद प्रति देखाएको रुचिमा पालिकाबाट साथ सहयोग रहने बताउनुभयो ।
खेलकुद समापन कार्यक्रममा सरावल वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी , समाजसेवी हरिलाल यादव र जिल्ला फुटबल संघकाे सचिव महेन्द्र चाैधरीले खेलकुदकाे फाइदा र खेलाडीबारे चर्चा गर्नुभएको थियो ।

U-18 प्रथम खुल्ला नकाउट फुटबल प्रतियोगिता बिजेता टिमलाई नगद सहित मेडल , कप प्रदान गरिएको थियो ।
क्लबका निवर्तमान अध्यक्ष राजु सिंहले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

