गुल्मी, गुल्मीको रेसुङ्गा नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ ।
मङ्गलबार एक सूचना निकाल्दै हरिबोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले सो दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।
उहाँले विगतमा यस नगरपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक बिदा दिइँदैआएकोमा यस वर्ष पनि मङ्सिर ७ गतेका दिन परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
सो दिन रेसुङ्गा नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको अर्यालले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

